काठमाडौं । हुण्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैँ-तिहार लक्षित फेष्टिभ डिलाइट २०८१ योजना ल्याएको छ । ग्राहकको दशैँ तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हुण्डाईले विगतका वर्षहरूमा गाडीका साथै अन्य आकर्षक उपहार प्रदान गर्दै आएको छ । यस वर्ष पनि एकजना भाग्यमानीले हुण्डाई मेड इन नेपाल हुण्डाई भेन्यु लक्की ड्रमार्फत् प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
हुण्डार्ड फेष्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुण्डाई गाडी खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत् थप एक लाखसम्मको नगद छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकको सन्तुष्टिका लागि कम्पनीले सदैव समयसापेक्षिक ग्राहक लक्षित योजना सार्वजनिक गर्दै आएको छ ।
भदौ ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ गर्ने ग्राहकले पनि योजनाबाट लाभान्वित हुन सक्नेछन् । नाडा अटो शो २०२४ मा हुण्डाईको ए ८२ स्टल भ्रमण गरेर ग्राहकले हुण्डाईका विभिन्न उत्पादन अवलोकन गरी जिज्ञासा पनि मेट्न सक्ने बताइएको छ । सबै हुण्डाईका गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ गतेसम्म लागू हुनेछ ।
सञ्चालनमा रहेको हुण्डाई टेस्ट ड्राइभ एण्ड विन क्याम्पेनअन्तर्गत ग्राहकले हुण्डाईको नेपालभर रहेका कुनै पनि शोरुममा गई हुण्डाई गाडीको लाइन अपमध्येबाट भर्खंरै लञ्च गरिएको नयाँ हुण्डाई क्रेटा र मेड इन नेपाल हुण्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहार हात खाली नहुने गरी प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता