काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघसँगमा आबद्ध घरेलु तथा साना उद्योगलाई सहज र सुलभ रूपमा कर्जा प्रवाहका लागि महासंघ र मुक्तिनाथ विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य र महासंघका उमेशप्रसाद सिंहले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार अगामी दिनमा महासंघमा आबद्ध घरेलु तथा साना उद्योगीलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सरल र सहज तरिकाबाट सर्वसुलभ ब्याजदरमा कर्जा लगानीका साथै उद्यमीको विकासका लागि वित्तीय र व्यावसायिक साक्षरताका लागि सहकार्य गर्नेछ ।
महासंघ अध्यक्ष सिंहले सम्झौताले आगामी दिनमा झनै सहज तरिकाबाट उद्योगीले ऋण सुविधा प्राप्त गर्ने र आवश्यक व्यावसायिक साक्षरतामा बैंकको सहकार्य हुने अपेक्षा गरिएको बताउनुभएको छ । साथै बैंकले ‘नेपालमै टिक्न, सजिलो छ’ नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना पनि ल्याएको छ । बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवा प्रदान गर्दै आएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा