काठमाडौं । समृद्धि फाइनान्स कम्पनी जनकपुर शाखा कार्यालयले बुधबार दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शाखाका शाखा प्रबन्धक अमरकुमार चौधरीले कार्यक्रममा सहभागीहरूलाई समृद्धि फाइनान्सप्रतिको विश्वास र साथका लागि धन्यवाद दिनुका साथै आगामी दिनमा पनि फाइनान्सले उच्च साथ सहयोगको अपेक्षा राखेको बताउनुभएको थियो ।






