झापा । झापाको शिवसताक्षीमा शिक्षकको कुटपिटबाट एक छात्रा घाइते हुनुभएको छ । उहाँको अहिले विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
कक्षामा सोधेको प्रश्न (क्लास वर्क)को जवाफ दिन नसकेपछि शिक्षक हेतिराज निरौलाले पाइपले कुट्दा कक्षा ६ मा अध्ययनरत छात्रा अञ्जली गुरुङ घाइते हुनुभएको हो ।
अञ्जलि शिवसताक्षी नगरपालिका १० को बालनिकुञ्ज माध्यमिक विद्यालयकि छात्रा हुनुहुन्छ । निरौला सोही विद्यालयका नेपाली विषयका शिक्षक हुनुहुन्छ ।
छात्रा अञ्जलीको कम्मर आसपास र ढाडमा चोट देखिएको छ। विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाउने शिक्षक निरौलालाई कारबाहीको माग अभिभावकले गरेका छन् ।
शिक्षक निरौलालाई विद्यालय प्रशासन र विद्यालय व्यवस्थापन समितिको छलफलपछि मात्र कस्तो कारबाही गर्ने निर्णयमा पुग्न सकिने विद्यालयका प्रधानाध्यापक भवानी थापाको भनाइ छ । उहाँले शिक्षक निरौलाले गम्भीर गल्ती गरेको र घटनाबाट विद्यालय प्रशासन दुखी भएको प्रतिक्रिया दिनुभयो ।
छात्रा अञ्जलीलाई पिट्ने शिक्षक निरौला कानुन व्यवसायी समेत हुनुहुन्छ । उहाँ नेपाल शिक्षक महासंघ शिवसताक्षी नगर सचिव पनि हुनुहुन्छ । उहाँले आफूबाट गम्भीर त्रुटि भएको स्वीकारेका गरिसक्नु भएको छ। कुटपिट गर्ने शिक्षक निरौला, प्रधानाध्यापक थापाले अञ्जलीलाई एम्बुलेन्समा राखेर उपचारका लागि स्वयम् अस्पताल पु-याउनु भएको थियो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा