सिकागो । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला हृयारिसलाई राष्ट्रपतिको रूपमा स्वीकार्न संयुक्त राज्य अमेरिका तयार रहेको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति ओबामाले अमेरिकाको सिकागोमा आयोजित डेमोक्रेटिक पार्टीको महाअधिवेशनलाई सम्बोधन गदै उपराष्ट्रपति हृयारिसले अमेरिकी नागरिकको हितका लागि लड्न तयार रहेको र यसका लागि उहाँप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले अगाडि बताउनुभयो, ‘कमला हृयारिस यस पदका लागि तयार हुनुहुन्छ । उहाँ आवाजविहीनहरूको आवाज बनेर जीवन बिताउनुभएको व्यक्तित्व हो ।’ ‘उहाँ सबै अवस्थामा अमेरिकीहरूको कुरा सुन्न र उनीहरूका लागि काम गर्न तयार हुनुहुन्छ’, ओबामाले हृयारिसलाई संकेत गर्दै भन्नुभयो ।
पूर्वराष्ट्रपति ओबामाले हृयारिसको उम्मेदवारीको समर्थन गर्दै भन्नुभयो, ‘उहाँ (हृयारिस) राष्ट्रपति पदका लागि योग्य व्यक्ति हो, यसको मूल्यांकन गरेर डेमोक्र्याटिक पार्टी र यसका नेता तथा कार्यकर्ताले अभियानका लागि साथ दिएका हुन् ।’
उहाँकी पत्नी मिशेल ओबामाले राष्ट्रपतिका रूपमा हृयारिसको विजयले सन् २००८ मा बाराक ओबामा राष्ट्रपति हुँदाको हर्सोल्लासको माहोल दोहोरिने विश्वास व्यक्त गर्नुभयो । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts