-बाबुराम दाहाल
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा बिहीवार सार्वजनिक बिदा हुने भएको छ । नगरपालिका भरीका लागि भोलि सार्वजनिक बिदा हुने भएको हो ।
सूर्यविनायक-८ स्थित प्रसिद्ध डाेलेश्वर महादेवको मन्दिरलाई भारतको प्रसिद्ध मन्दिर केदारनाथकाे शिर घोषणा गरिएको दिनको अवसरमा बिदा घोषणा गरिएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्रप्रसाद नेपालले जानकारी दिनुभयाे । डाेलेश्वरलाई केदारनाथकाे शिर घोषणा गरेको दिन भदौं ६ गते स्थानीय पर्व बिदा दिने कार्यपालिकाको निर्णय अनुसार बिदा हुने भएको उहाँको भनाइ छ ।
बिहीवार अत्यावश्यक बाहेक नगरपालिकाका मातहतका सम्पूर्ण वडा कार्यालय, विद्यालयलगायत सबै संघसस्थाका सेवाहरु बन्द रहने सूचना अधिकारी नेपालले बताउनु भयाे ।
बिहीवार डोलेश्वरको चारै ढाेका खुला गरिने र गर्भगृहमै प्रवेश गरी पुजाआराधना गर्न सकिने वडा नम्बर ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले बताउनुभयाे । सो दिन ३८ दिने श्रावणी मेलाको समापन कार्यक्रमसमेत हुने बताइएको छ ।
बिहीवार दिउँसो ३ बजे सूर्यविनायक नगरपालिका प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा डोलेश्वरमा विशेष कार्यक्रम रहेको उहाँको सचिवालयकी सुमित्रा थापाले जनाउनुभएकाे छ ।
बि.सं. २०६६ साल भदौं ६ गते डाेलेश्वरलाई केदारनाथकाे शिर घोषणा गरिएको थियो । बिगत ३ वर्षदेखि सो दिन नगरपालिकाले स्थानीय पर्व बिदा दिंदै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts