
काठमाडौं । सौन्दर्य प्रतियोगिता ‘मिस ग्राण्ड नेपाल-२०२४’ को उपाधि गोरखाकी विष्णु गुरुङले चुम्नुभएको छ । प्रतियोगितामा आइसा गौतमले ‘मिस सुप्रा ग्लोबल’ र बेनिषा शर्मा आचार्यले ‘मिस औरा नेपाल’को उपाधि चुम्नुभएको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा एकसाथ तीन विजेता छानिएको हो ।
प्रतियोगितामा शीर्ष विजेता गुरुङले स्कुटर जित्दा अन्य विजेताले हजार बराबरको सुनको थान्का, गिफ्ट हृयाम्पर र नेपाली चलचित्रमा अभिनय अवसर प्राप्त गरे ।
आर.के.इन्टरटेन्मेन्ट ग्रुपले आयोजना प्रतियोगिताका सबै विजेता अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पनि सहभागी हुन पाउनेछन् । कार्यक्रमको निर्णयकमा रामहरि सिलवाल, सरोज प्याकुरेल नवराज कोइराला, प्रदीप श्रेष्ठ, ओमप्रकाश उप्रेती र कोरियोग्राफरमा रोजिन शाक्य रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच