सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस-एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताउन भएको हो ।

नेवाः सम्पर्क समूह, रामेछापले सोमवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस-एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गर्नुभयो । जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस-एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो ।

ADVERTISEMENT

उहाँले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताउनु भयो । उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो सरकार बन्नुको मुख्य कारण के हो त भन्दाखेरी राजनीतिक स्थायित्व दिलाउनका लागि, छिटो भन्दा छिटो सरकार परिवर्तन ७ महिना, ८ महिनामा नै सरकार परिवर्तन भईराख्ने, त्यसले पोलिटिकल स्टाबिलिटी दिँदैन । र जनतामा पनि टिक्ने नटिक्ने सरकारले के गर्छ ? भन्ने प्रश्न उठेको कारणले गर्दा वर्तमान संसदको सबभन्दा ठूलो दल र सेकेण्ड ठूलो दल मिलेर सरकार बनाउने र बाँकि भएको समय यसलाई व्यवस्थित गर्दै अगाडि बढ्ने भन्ने कुरामा यो सरकार गठन भएको छ । र, यो सरकार खास गरेर बन्दाखेरी नै अव अर्थक्वीक त्यत्रो भयो । त्यसपछि कोभिडको कारणले गर्दा यो ईकोनोमीलाई लयमा ल्याउन अफ्पठ्यारो भइरहेको कारणले गर्दा यी सबै इकोनोमिक एक्टिभिटीलाई पनि अगाडि बढाउनका लागि अहिलेको यो वर्तमान सरकारले त्यसमा विशेष ध्यान दिएर काम गरेर देखाउनका लागि यो सरकार बनेको कारणले यसमा तपाईहरुको सहयोग हुनेछ भन्ने मैले विश्वास लिएको छु । अर्को कुरायहाँ कस्तो भाष्य निर्माण गर्न खोजिएको छ भने संविधान संशोधन गरेर भएको अधिकार पनि यो सरकारले छिन्न लागेको हो कि भन्ने छ संविधान संशोधनको नारा लगाएर । त्यो बिल्कुल होइन । कुरा के हो भने तपाईहरु सबैलाई थाहा छ । २०४६ सालको आन्दोलन भन्नुस् । त्यो भन्दा अगाडिको हरेक आन्दोलन भन्नुस् । अहिले यो वर्तमान सरकारको जुन कम्पोजिशनमा काँग्रेस र एमाले छ । यो त दुवै पार्टीले जनतालाई अधिकार दिलाउनका लागि लडेको यो पार्टीले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुँदै हुँदैन । त्यसो भएको कारणले हामी सबैले सोच्ने विवेक हामीमा छ । त्यसलाई हामीले प्रयोग गर्नु पर्छ । हल्लाको पछाडि लागेर हामी कहीँ पनि पुग्नेवाला छैनौं भन्ने कुरामा पनि हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवाः समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भुमिकाको पनि खुलेर प्रशंशा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?