काठमाडौं । ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आगलागी नियन्त्रणका लागि २५ जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकर प्रयाेग गरिएकाे छ ।

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उहाँका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो ।
आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो । त्यहीबेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता