काठमाडौं । बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक भासिएको छ ।
काठमाडौँका सडकहरु केहि समय अगाडिदेखि भासिन थालेका छन् ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी निरीक्षक किशोर कुमार भट्टराईका अनुसार सडकमुनि रहेको खानेपानीको पाइप लिकेज भएर सुरुङ जस्तो निर्माण भएपछि सानो प्वाल देखिएको थियो । उक्त भ्वाङ खोल्दै जाँदा ठूलो भ्वाङ भेटिएको हो ।
केहि दिन अघि कमलादी र ललितपुरमा पनि बीच सडक भासिएको थियो । आज फेरि बानेश्वर चोकबाट शंखमुल जाने मुख्य सडक पनि भसिएको छ ।











