काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास भइरहेको बताउनुभएको छ ।
पार्टी निकट खेलकुद महासंघको केन्द्रिय कमिटिको बैठकलाई ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरुले देशको लागि काम गरिरहेका व्यक्तिहरुलाई अपमान गर्न संगठित प्रयास गरिरहेको बताउनुभएको हो । समाजलाई अनुशासित र गतिशील बनाउन खेलकुद महासंघले यस प्रकारका गतिविधिलाई चनाखो भएर हेर्न आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताउनु भयो । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताउनु भयो । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो । सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको बताउनु भयो । भ्रष्टाचार बिरुद्धको शुन्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने पनि प्रधानमन्त्री ओलीले बताउनु भयो । आफूले शुन्य सहनशीलताको नीति अवलम्वन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार कसैको बिरुद्धमा नभएको बताउनु भयो । कानून बिरुद्ध कसैले काम गरे सरकारले कदम चाल्ने स्पष्ट पार्नुभयो । लोकतन्त्र अनियन्त्रित नहुने भन्दै प्रधानमन्त्री ओलीले अनुशासित समाजको लागि कानून चाहिने बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकारले खेल क्षेत्रलाई महत्वको साथ हेरेको पनि बताउनु भया । सरकारले खेल क्षेत्रलाई आवश्यक सहयोग सबै उपलब्ध गराउने बताउनु भयो । एक अर्को प्रसंगमा कीर्तिपुरको रंगशालामा आवश्यक पूर्वाधार तीन सय दिनभित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता रहेको स्पष्ट पार्नुभयो ।
उहाँले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण सुशासनका लागि बनेको भन्दै अनुहार हेरेर कसैलाई पक्ष÷विपक्ष नगराउने बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts