नगरकोटमा बाटो बिराएर हराएका पर्यटकको सकुशल उद्धार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-बाबुराम दाहाल

भक्तपुर । भक्तपुरको प्रसिद्ध पर्यटकीय स्थल नगरकोटमा बाटो बिराएर जङ्गलमा हराएका भारतीय पर्यटकहरुको उद्धार गरिएको छ । नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रबाट शनिवार साँझ हराएका ३ भारतीय पर्यटकसहित ४ जनालाई सकुशल उद्धार गरिएको हो ।

आइतवार बिहान करिव पौने ४ बजे उनीहरूको सकुशल उद्धार गरिएको चाँगुनारायण-६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिनुभयाे  । उद्धार गरिएका भारतीय पर्यटकहरुमा पतिपत्नी नितिन तिवारी, रश्मि तिवारी र उनीहरूका छोरा तनिस तिवारीका साथै नेपाली गाईड हरिप्रसाद खरेल रहेका वडाअध्यक्ष लामाले बताउनुभयाे ।

ADVERTISEMENT

उनीहरू जंगलमा हराएको खबर प्राप्त हुनासाथ स्थानीयसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो । गएराति पौने १ बजेको समयमा हलहले खोप (खोल्ची) क्षेत्रमा अलपत्र अवस्थामा उनीहरूलाई फेला पारी उद्धार गरिएको वडाध्यक्ष लामाले बताउनुभयाे ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले शनिवार साँझ मुहानपोखरी रानीझुला पुलबाट विदेशी पर्यटकहरू बाटो बिराएर जंगलतर्फ पसेका जानकारी गराउँदै खोजी कार्यमा सहयोग गर्न सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज