काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा छिमेकी मित्रराष्ट्र भारत भ्रमणकाे लागि प्रस्थान गर्नुभएकाे छ ।
भारतीय समकक्षी डा. एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा पाँच दिनको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएकाे हो ।
भ्रमणका क्रममा दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझै प्रगाढ तुल्याउने तथा नेपाल-भारतबीचको सहकार्य प्रवर्द्धननबारे छलफल हुने बताइएको छ ।
परराष्ट्रमन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कनु हुनेछ ।






