टर्कीको जङ्गलमा लागेको डढेलोले गाउँसम्म फैलियो, सयौँ बिस्थापित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडाैं । टर्किएको पश्चिमी बन्दरगाह शहर इज्मिरको जंगलमा लागेको आगो आवासीय क्षेत्रसम्म पुगेको छ । जसकारण सयौँ बासिन्दा बिस्थापित भएका छन् । कर्सियाका जिल्लामा शुरु भएको आगलागी तेस्रो दिनमा प्रवेश गरेको र आवासीय इलाका र एक औद्योगिक क्षेत्रमा फैलिएको छ ।

हुर्रियत दैनिकले विस्थापित नागरिकको संख्या ९ सय पुगेको जनाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै कुनै मानवीय क्षति नभएको बताइएको छ । कृषि तथा वनमन्त्री इब्राहिम युमाक्लीले आगामी साता धेरै कम आर्द्रता, अत्याधिक हावा र उच्च तापक्रम रहने चेतावनी दिनुभएको छ । सम्भव भएसम्म बन्द क्षेत्र बाहिर आगो बाल्न नहुने सल्लाह दिनुभयो ।

ADVERTISEMENT

युमाक्लीले शनिबार बिहान घटनास्थलमा पुगेर देशभर ७२ वटा आगलागी भएकोमा ४५ नियन्त्रणमा रहेको र बाँकी २७ वटालाई सम्बोधन गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज