बिहीबार भक्तपुरको गठ्ठाघरमा एउटा भयानक दुर्घटना हुनपुग्यो । प्रत्यक्षदर्शी तथा सुन्नेहरूका लागिसमेत उक्त घटना हृदयविधारक थियो । उक्त घटनामा एक जनाको ज्यान गएको छ तर त्यसको अवस्था, स्थिति र अन्तर्य हेर्ने हो भने त्यसबाट धेरैवटा प्रश्नहरू सिर्जना हुन पुग्छन् । ट्राफिक प्रहरीको लालच, लापरबाही, चालकहरूको लापरबाही तथा बद्नियत, राज्यको कानुनी कमजोरी र सडकको अवस्था जस्ता कुराहरू दुर्घटनाका लागि जिम्मेवार बन्ने गरेका छन् । बिहीबार गठ्ठाघरमा भएको दुर्घटनामा यीमध्ये केही कुरा कारक बनेर आएका छन् भने केहीको विद्यमानता छैन । भक्तपुर नयाँ बाटोको सडकको अवस्था नराम्रो छैन । केही दशकपहिले मित्रराष्ट्र जापानले बनाइदिएको उक्त सडक पचास वर्षसम्म टिक्छ भनिएको छ ।
नेपालले बनाएको अन्य ठाउँको बाटो बनाएको केही महिनापछि नै खाल्डो पर्ने गरेको परिप्रेक्षमा बनाएको पन्ध्र वर्ष जति भइसक्दा पनि उक्त बाटोको अवस्था राम्रो छ । त्यसकारण बाटो उक्त दुर्घटनामा कारक बनेर आएको छैन । यस दुर्घटनामा ट्राफिक प्रहरीको कमजोरी औंल्याइएको छ र अर्को पक्षले उक्त आक्षेपलाई स्वीकारेको छैन । चेक जाँचको क्रममा जथाभावी रोकेर जाँच गर्दा उक्त दुर्घटना भएको हो भनिएको छ । त्यसको प्रतिक्रिया त्यहाँ उपस्थित प्रत्यक्ष दर्शीहरूले त्यही बेला आक्रोश व्यक्त गरेर प्रदर्शन गरेका थिए । केही वर्ष पहिलेदेखि एकाएक ठूलो राशिको जरिवाना तोकेर ट्राफिक नियमको उल्लंघन गर्ने चालकहरूलाई कारबाही गर्न थालियो र त्यसरी गरिएको जरिवानाको निश्चित प्रतिशत सोही ट्राफिक प्रहरीले पाउने नियम बनाइयो ।
त्यसपछि भने चालकहरू आफ्नो गल्ती नभए पनि दण्डित हुन थालेको कुरा भने यथार्थ हो । सार्वजनिक यातायातमा यात्रा गर्ने क्रममा कतिपय अवस्थामा यात्रुसमेत ओर्लिएर ट्राफिक प्रहरीविरुद्ध बोल्नुपर्ने अवस्था आउने गरेको छ । कमिसनको लोभमा गल्ती नै नगरेका चालकहरूलाई रोकेर चिट काट्ने प्रवृत्ति व्यापक रूपमा बढेकको छ, ट्राफिक प्रहरीहरू अर्को यातायातको साधनले छेलिएर बस्ने, छापामार शैलीमा मोटरसाइकला तथा अन्य साना सवारीसाधनहरूलाई पक्रिन खोज्ने र तिनीहरू ट्राफिकलाई देखेपछि भाग्ने गरेका कारण अर्को सवारीसँग ठोक्किने वा खाल्डोमा पर्ने वा डिभाइडरमा ठोकिने गर्छन् । बिहीबारको दुर्घटना पनि यसरी नै भएको हो भन्नेहरू छन् तर प्रहरीको तर्फबाट यस्तो भएको होइन भन्ने प्रतिक्रिया आएको छ ।
तर, प्रहरीले अब यसको निर्णय नभएसम्म चेकजाँच नगर्ने भएको छ । त्यस अर्थमा प्रहरीभित्र पनि यसले ठूलो झस्का पु¥याएको छ भन्ने बुझ्न सकिन्छ । ट्राफिक प्रहरीकै कमजोरीले यो दुर्घटना भएको होस् वा नहोस् छापामार शैलीको चेकजाँच गर्ने प्रवृत्ति बन्द गर्नुपर्ने आवश्यकता चाहिँ देखिएकै हो । गल्ती नगरेका चालकहरूसँग जरिवानाको चिट काटेर पैसा असुल गर्नाले ज्यालामजदुरी गरेर खानुपर्ने र परिवार पाल्नुपर्ने एकजना श्रमजीवी त्यस दिन आपूm भोकै बस्नुपर्ने त छँदैछ साहुलाई दिनुपर्ने पैसासमेत उसको आफ्नो खल्तीको जान्छ । ठूला सवारीका साधनहरूले साना साधनलाई वा पैदल यात्रीलाई ठक्कर दिएपछि ऊ सामान्य घाइतेमात्र भएको अवस्थामा उसलाई ब्याक गरेरसमेत किचेर मार्ने प्रवृत्तिलाई मानवीय प्रवृत्तिका रूपमा कसैले पनि मान्न सक्दैन ।
यस्ता दुर्घटनाका लागि राज्यका कानुन पनि केही हदमा दोषी छन् । ठक्कर दिने सवारीसाधनले मानिस मारे केही रकम क्षतिपूर्ति दिए पुग्ने तर घाइते भए त्यसको उपचारमा मृतकलाई दिनुपर्ने क्षतिपूर्तिभन्दा पनि बढी पैसा खर्च लाग्ने भएका कराण सामान्य घाइतेलाई समेत किचेर मार्न कानुनले नै प्रोत्साहन गरेको छ । यो आमनेपाली यातायात व्यवसायी, चालक तथा तिनीहरूका संघसंगठनहरूले दोषी उम्काउन सुरु गरेको प्रवृत्तिमात्र हो वा सरकारी नियम कानुनहरूले नै यस्तो प्रोत्साहन हो त्यसको निक्र्यौल हुन नसको छैन । किन यस्तो चलन चल्दै आएको छ र यो रुढ परम्परा बनिसकेको छ । त्यसबारे कुनै पक्षले गम्भीरतापूर्वक सोचेको छैन । यस्तो प्रवृत्ति र सरकारको आँखा चिम्लिने काम दुबै अमानवीय र कानुनी राज्यको उपहास हुने खालका व्यवहार हुन् ।
जहाँ जो जसरी मासियोस् त्यो निन्दनीय हुन्छ । सामान्य नागरिक र त्यसभन्दा माथि उठेका व्यक्ति जो भए पनि सबैको जीवन अमूल्य हुन्छ । जीवन बितिसकेपछि फिर्ता आउँदैन । क्षतिपूर्ति भनेका बाँचेकाहरूका लागि सहानूभूति तथा बाँच्ने आधार हो । गठ्ठाघरमा बिहीबार दुर्घटनामा पर्ने व्यक्ति ओखलढुंगाका उत्तम कोइराला हुनुहुन्छ । महिला र पुरुषसमेत थाहा नहुने गरी नचिनिने गरेर भीमकाय ट्रकले किचिमिची बनाएको व्यक्तिको सुरुमा पहिचान हुन नसकेका कारण पहिले कुनै महिला भएको चर्चा गरियो तर पछि उहाँ भएको जानकारी भयो । यस भयावह दुर्घटनाको जति निन्दा गरे पनि पुग्दैन । जनकपुर चुरोट कारखानाका पूर्वकर्मचारी हाल कपन काठमाडौंमा बस्तै आउनु भएका कोइराला शहीद परिवारका व्यक्ति हुनुहुन्थ्यो ।
उहाँका दाजु महेश कोइरालाले पञ्चायती व्यवस्थाका विरुद्धको सशस्त्र क्रान्तिमा भाग लिएर ओखलढुंगा कब्जा गर्न जाने क्रममा सोलु- ओखलढुंगा सीमामा पर्ने टिम्बुरबोटे ओढारमा तत्कालीन शाही सेनासँगको भिडन्तमा सेनाको गोली लागेर शाहदत प्राप्त गर्नुभएको थियो । दुईजना छोरीहरूलाई अध्ययनका क्रममा विदेश पठाउनुभएका कोइरालाको यस्तो विभत्स र कहालीलाग्दो दुर्घटनामा परी मृत्यु भएपछि उहाँको सिंगो जिल्ला शोकाकूल बन्न पुगेको छ । दुर्घटना भइसकेको छ अब टर्दैन तर उहाँको परिवारले उचित क्षतिपूर्ति पाउनुपर्छ । नेपाल सरकराका गृहमन्त्री तथा नेपाल प्रहरीका प्रमुखहरूको यस घटनालाई विशेष ढंगले छानविन गर्ने बताउनु भएको छ । सरल व्यवहारका धनी, मृदुभाषी, खोजकर्ता, लेखक, प्रजातान्त्रिक अभियानमा संलग्न कोइरालाप्रति हार्दिक श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts