
यता केही समयदेखि भूूपरिवेष्ठित देश नेपाल, थलमार्ग र आकाशमार्गका सवारीसाधनहरूको बढ्दो दुुर्घटनाले यात्रुुहरूलाई ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने काकाबाउको अनुहार’ पारिरहेको छ सबैलाई पारिरहेको छ बेहाल ! यी साधनमा यात्रा नगरूँ त अनिवार्य पुुग्नुु छ, यात्रा गरूँ त यमपुरीको अतिथि हुने सम्भावनामा बढोत्तरी भइराखेको छ बा ! ‘जान्दाजान्दै कोलको घान किन बनूूँ’ ? भने पनि विभिन्न व्यावहारिक कारणबाट मजबुुरी भई यो एक मुुठी सासलाई कालको हातमा सुुम्पिएर जय भोला ! रक्षा गर्नुु होला ! भनी हजुर बुुबाले भुरो बेलामा कण्ठ पार्न लगाउनुुभएको चुरो कुरो ‘सजयति सिन्दुरवदनो देवो यत् पादपंज स्मरणम् । वासरमणमिव तमसां राशीन्नाशयति विघ्नानाम्’ र वैदिक मन्त्र ‘भद्रं कर्णेभिः श्रृणुुयाम देवाः भद्रं पश्ये मा.......भट्भट्याउँदै कालको काँडो फलामे ठाँडोलाई ढोगेर भगवान् भरोसा जोखिम मुसाफिर बनिदिन्छुु । यसरी सबै यात्रुले आफ्नो सनातन अनुसार कुुलदेव, मूूलदेव, कृष्ण, राम, शुकदेव, अल्लाह, इशुु, बुद्ध, नानक आदिलाई मानक ठम्याएर यात्रासफलताको कामना गर्ने क्रम जारी छ ।
सन् १९४९ मा नेपालमा प्रथम पटक विमान झरेयता यो लेख लेखुन्जेलसम्मको मितिमा एकसय दस विमान दुर्घटनामा परेछन् । अस्ति भर्खर रसुुवामा भएको दुुर्घटनामा समेत जोड्दा पौने एक हजार यात्रुुहरूको इहलीला समाप्त भएछ । हामी जस्ता भिखारी देशले सात दसकमा एक सय नौभन्दा बढी विभिन्न प्रकारका यान दुुर्घटनाको विपद् व्येहोर्नु पर्दा के हविगत भइरहेको छ सबैलाई जगजाहेर नै छ । बारम्बार दुुर्घटना दोहोरिनुु सम्बन्धित क्षेत्र र पात्रहरूको दुर्घटना न्यूनीकरणमा सजक नहुनुु नै हो अर्थात् नजरअन्दाज गर्ने संवेदनाहीन मनस्थिति हो ।
सवारी रफ्तारमा हाँकेर कतातिरकी सोल्टिनी हो उसैसित शरीर मर्काएर रफ खाले गफमा मस्ताना हुँदाहुँदै विपरीत दिशाबाट आइरहेको बससित सिँगौरी खेल्न पुुर्याउनेलाई खोई कान समात्ने कानुनको प्रयोग ? हुन त कतिपय भलादमी चालकहरू पनि छन् तर कम्पनी वा मालिकले उनीहरूको इमानदारीतामा नजरअन्दाज गर्नेगर्छन् ।
मूूलतः मौसममा आउने आकस्मिक खराबी, भौगोलिक विविधता, प्राविधिक कठिनाइ, भिभीआइपीको दबाब, विमानस्थलमा आधुनिक उपकरण अभाव, पुराना मोडलका विमानमा उपयुुक्त प्रविधि जडान नहुनुु, मिति गुुज्रिएका जीर्णशीर्ण विमानलाई बलै उडाउने चेष्टा र चालकहरूको लापरबाही आदि दुुर्घटनाका कारक बनिरहेका छन् । हवाइविज्ञ वाइ के भट्टराईको मतमा : ‘हवाई क्षेत्रसित प्रत्यक्ष जोडिने एयरक्रफ्ट (मेसिन) पाइलट (जनशक्ति) र प्रेसिड्युर अर्थात् समग्र प्रणाली एवं प्रक्रियाबीच तालमेल नहुनाका कारण नेपालले यान दुुर्घटना लगातार व्येहोर्नुुपरेको हो’ वास्तवमा मौसममा अचानक परिवर्तन आउँदा पनि उडानमार्ग नदेखिएर पनि दुुर्घटना हुन्छ ।
हवाइविभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुुर देउजाको अनुुभवमा : ‘सीमित हवाई कम्पनी हुनुु र पाइलटहरू जतिसक्यो थोरै राख्ने र तिनीहरूबाटै उडान बढी गर्नुुपर्ने बाध्यता छ । अर्को कुरा धेरैजसो भिएफ्आर भिजुवल फ्लाइट रुल) आँखाले हेरेर उडान हुने गरेको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणले त (आइकाओ) नेपाल विश्वकै असुरक्षित आकाश भएको प्रतिवेदन लामो समयअघि नै सार्वजनिक गरेका कारण युरोपेली एयरलाइन्सले नेपालमा आफ्नो उडान छाडेका छन् । यस घटनाले पटक पटक गणतन्त्र नेपालका शासक र प्रशासक भई धोतीपाटो फेरेकालाई चिन्ता र जिम्मेदारीको बोध नभई कसरी आपूm धनी बन्ने भन्नेतिरै केन्द्रित हुनु हामी नेपालीको दुुर्भाग्य हो । आइकाओको चेतावनी गुञ्जिरहेको बेला लगातार हवाइ दुुर्घटनाले ‘बाच्छो हराउनुु बाघ कराउनुु’ जस्तो पो भएको छ यतिखेर !
नेपालमा यस्ता दुर्घटना घटेपछि सत्यतथ्य जाँच गर्न सरकार चलाएका प्रतिनिधि बेरोजगार वा रिटायर्ड आफ्नालाई रोजगार दिएर प्रतिवेदनको ड्रामा पनि मञ्चन हुन्छ । मानवीय भुुल, प्राविधिक कमजोरी, चालकीय गल्ती, निरीक्षणको अभाव, यान्त्रिक बुढ्याइँ खुलस्त लेखेर सुधार र न्यूनीकरणका अमूूल्य सम्मति सरकारले सरोकारकै विषय बनाउँदैन भन्ने कुरा आयोगमा काम गरेकाहरू बताउँछन् । अहिलेसम्म आएका प्रतिवेदनमा चालकको लापरबाहीलाई खास रूपमा औल्याइएको छ । छानविन समितिमा चरम राजनीतिकता छ, सञ्चालक कम्पनीहरूले जहाजको मर्मतसम्भार प्राविधिक अवस्था चुस्त र स्वस्थ राखेका छैनन् भनेर दिइएका सुुझाबपत्र दराजमै धमिराहरूलाई भाष्य गर्ने जिम्मा दिएर बस्न नालायकी पटके सरकार स्वदरकारको विषयै ठम्याउँदैन बा !
कतिपय भुक्तभोगी र विज्ञ भन्छन् : ‘सञ्चालकहरूको द्रव्य कुम्ल्याउने महत्वाकांक्षाका कारण आकाशमा जोखिमको यात्रा गर्नुुपर्ने जहाजहरू ‘हवाइ ट्रक’ हुने गरेका छन्’ । चौसठ्ठी वर्षअघि आइकाओ संस्थाको संगठित सदस्य बनेको नेपाल सलज्जा हट्नुुपर्ने थिति देखा पर्दै त छैन ? उड्डयन सुरक्षा सम्बन्धमा एकसय अठचालीस मुुलुकमा गरिएको अध्ययनले आइकाओ भन्छ : अन्ठाउन्न प्रतिशत सुरक्षा नेपालको कमजोर र दयनीय छ ।
यता थलमार्गको अवस्था त्यस्तै छ । चालीस लाखभन्दा बढी सबारीसाधन गुुड्ने सडक यसपालिको वर्षाले क्षतविक्षत भइरहेको छ । पहिरोले पुरिएर, नदी र ठाडो खोलाहरूले बगाएर, परस्परमा ठोक्किँदै इहलीला समाप्त गरेका यात्रुु तथा गाडीहरूको संख्या अझै यकिन भइसकेको छैन । मुुग्लिन खण्डको सीमतालको हृदयविदारक घटना ठाउँमा ठाउँका अन्य दुुर्घटना कहालीलाग्दा छन् । बस, जिप, भ्यान, माइक्रो, मिनीबस, ट्रक, मोटरसाइकल, स्कुटी, साइकल यावत् सवारीसाधनमा सबारमध्ये झन्नै दशजना दैनिक दुुर्घटनमा इहलीला समाप्त गर्न पुुग्छन् । सरकारले सवारी दुर्घटना न्यूनीकरण गर्ने कामलाई प्राथमिकता दिएकै छैन न त न्यूूनीकरणार्थ दिइएका सुुझावलाई टेरपुच्छर लगाउँछ ।
कमिसनको खेल र झेलको राजनीति गर्दै व्यस्त जनप्रतिनिधिको वृत्ति धनप्रतिधि बन्न पुुगेको छ । उता स्थायी सरकारको बिम्ब ब्युरोक्य्रासी पनि यही रोगमा अहोरात्र चिन्तित छ । अनि दुर्घटनाको विषय ओझेलमा व्यथाको पहाड बोकेर झोक्राइरहेको छ । समाजवादी संग्रहवादी, कमिनिष्ट कमाउनिष्ट, नयाँ फुुर्के दल हाम्रो सुकौरा खोलाको भल भएर मलमूत्र विष्ट्याइरहेका छन् । विज्ञहरूको भनाइ छ यदि सरकार दुुर्घटना न्यूूनीकरणका लागि लागिपर्ने हो भने दुर्घटना सत्तरी प्रतिशत कम हुन्थ्यो ।
राजमार्ग वा सहमार्गमा दुर्घटना हुनुुमा पैदलयात्री र सर्वसाधारणको व्यवहार, हेपाइ, अज्ञानता मूलकारक छ भने सडकलाई दाइँबरादो गर्ने, बिस्कुन सुकाएर कुरा काट्न ठाउँ न कुठाउँ भिड गर्ने बानी पनि यमराजका दूतको निमन्त्रणाको कारक बन्ने गरेको छ ।
मूूलतः दुुर्घटनाका मानवीय पक्ष केलाउँदा लापरबाही गरी सवारी हाँक्ने चालकको ओखती राम्रैसित गर्नुुपर्छ । गुुरुजी (चालक) छिल्लिएका र पिल्लिएका गीतको रन्कोमा हायन्डेलिङ समातेर नजिकै बसेकी छकमली मैयाहरूसित गफ दोचार्न कस्सिँदा पनि कयौँ गाडी भीरतिर पल्ट्याङबाजी खान वा नदीमा आहाल बस्न पुुगेका छन् । सवारी रोकिएको ठाउँमा हल्का खाजाखाने बहानामा वारुणिका सिसीका सिसी फोरेर कवाफको सितनमा रबाफ पल्टने पहिलाका नबाफजस्ता बनेका गुरुजीहरू सवारीसाधनको ड्राइभिङ सिटमा चढेपछि ‘जले विष्णुस्थले विष्णुु......’भनेझैँ जता पनि रोड मानीसम्म ठानेर कता लगेर समाधिस्थ गरिदिने हो ठेगानै हुँदैन ।
आफूूले ओभरटेक गर्न खोज्दा नदिने अर्को चालकलाई शालक सम्झिएर तथानाम गाली दिँदै टेक लिने छोटो बानीले कति हानि पुुर्याएको छ, खोई सम्बधित निकायको नियमन ? सबारी रफ्तारमा हाँकेर कतातिरकी सोल्टिनी हो उसैसित शरीर मर्काएर रफ खाले गफमा मस्ताना हुँदाहँुदै विपरीत दिशाबाट आइरहेको बससित सिँगौरी खेल्न पुुर्याउनेलाई खोई कान समात्ने कानुनको प्रयोग ? हुन त कतिपय भलादमी चालकहरू पनि छन् तर कम्पनी वा मालिकले उनीहरूको इमानदारीतामा नजरअन्दाज गरेर अर्थात् मानसिक तनाव शारीरिक थकान र सिथिलता विचार नपुुर्याउँदा पनि दुुर्घटना व्यहोर्नुुपर्छ निरीह यात्रुहरूले । फराकिलो सडक देख्ने बित्तिकै सवारीसाधनलाई दौड प्रतियोगितामा सामेल गर्ने उरन्ठेउला गुुरुजीका महत्वाकांक्षा र अभिमानलाई चुली चढाएर दुुर्घटनालाई तुरुन्तै निम्ता दिइहाल्छन् ।
राजमार्ग वा सहमार्गमा दुर्घटना हुनुुमा पैदलयात्री र सर्वसाधारणको व्यवहार, हेपाइ, अज्ञानता मूलकारक छ भने सडकलाई दाइँबरादो गर्ने, बिस्कुन सुकाएर कुरा काट्न ठाउँ न कुठाउँ भीड गर्ने बानी पनि यमराजका दूतको निमन्त्रणाको कारक बन्ने गरेको छ । गाईगोरु कुखुराहाँस सुुगुुँरबाख्रा छाडा छोडेर सडक नै माडा पार्ने पनि दुुर्घटनाका मसला भएका छन् । सडकै मिचेर तरकारी पसल मम, सेकुवा र चियाका नास्ताघर बनाउने पनि उत्तिकै जिम्मेदार छन् । यसैगरी सवारीसाधनको मर्मतसम्भार नगर्ने, गुणस्तरीय लुुब्रिकेन्ट तथा स्पेयर पार्टस प्रयोग नगर्ने, उपयुुक्त वर्कसप नहुनुु, कुशल दक्ष प्राविधिकको अभाव, रात्रि बस चल्ने ठाउँमा ‘क्याट आई’को प्रयोग नहुनुु, सडकको मर्मत सुधारलाई नियमितता नदिनुु आदि कारण घटनाका मूल कडी हुन् ।
यसैगरी संस्थागत अनुुगमन नहुनुु, क्षमताभन्दा तेब्बर ओजन बोकेपछि अनि यमराजको भोजन बन्दैन त सवारीसाधन र मालमत्ता ? झन्नै सत्तरी प्रतिशत मोटरसाइकल र स्कुटी गुड्ने सडक प्रायः यिनीहरू नै दुर्घटनाका ललना बनेका छन् । अहिलेसम्मको अनुसन्धानले के कुरा देखाएको छ भने चौहत्तर प्रतिशत दुर्घटना चालककै लापरबाहीले हुने गरेको छ । त्यसैले यतिखेरको जनताको आबाज सघन भएर घन्किरहेको छ : थलमार्ग र आकाशमार्गको सवारी, भएन सरकारबाट रखवारी ! कुरा र मामभन्दा कामतिर लागूून् नेपाल सरकारका समग्र संयन्त्र अनि पो सास फेर्न सुविधा होला शिशुु गणतन्त्र ! होइन भने उही रणतन्त्रका काण्डैकाण्डका रौरव र अन्धतामिश्रले गर्लान् राइँदाइँ ! ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच