काठमाडौं । चलचित्र ‘बेहुली फ्रम मेघौली’ नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘छड्के सलाम’ बोलको गीतले बिहेको परिवेशलाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।
यो गीत जयन जे वाइवाले तयार पार्नुभएको हो । गीतको शब्दसँगै संगीत र ऐरेन्ज पनि वाइवालेनै गर्नुभएको छ । गीतमा कालीप्रसाद बास्कोटा, बबिना किराती र निश्चल बस्नेतको स्वर छ । गीतको भिडियोमा निश्चल र स्वस्तिमा खड्का, विजय बराललगायत कलाकारलाई देख्न सकिन्छ । गीतमा जोडीको रुपमा निश्चल र स्वस्तिमाले छमछमी नाच्नुभएको छ ।
चलचित्रमा बसुन्धरा भुसाल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उहाँहरूको डेव्यु निर्देशकीय चलचित्र हो ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निर्देशक तथा श्रीमान् निश्चल बस्नेतले सघाउनुभएको छ । चलचित्रका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुनुहुन्छ । अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको चलचित्रमा नरेन्द्र्र मैनालीको छायांकन छ । यो चलचित्र आगामी असोज १७ गते घटस्थापनामा रिलिज हुने तयारीमा छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा