काठमाडौं । रिलायन्स फाइनान्स र चिकेन स्टेसन काठमाडौंबीच चिकेन स्टेसनमा पाउने खानामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअन्तर्गत रिलायन्स फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले उक्त चिकेन स्टेसनमा उपलब्ध खानामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै रिलायन्स फाइनान्समा नयाँ खाता खोल्ने ग्राहकले पाँच सय रुपैयाँ बराबरको खानाको फ्रि भौचर प्राप्त गर्नेछन् । उक्त सुविधा चिकेन स्टेसनका काठमाडौंमा रहेका सबै शाखामा लागू हुने पनि कम्पनीले जनाएको छ ।
केन्द्रीय कार्यालय कमलादीबाट कारोबार सुरु गर्दै आएको कम्पनीले न्युरोड, सितापाइला, इमाडोल ललितपुर, नारायणगढ, पोखरा, बेशीशहर, बनेपा, आरुघाट गोरखा, झापा, गोरखा बजार, भैरहवा रूपन्देही, मणिग्राम रूपन्देही, बुटवल रूपन्देही, धनगढी, महेन्द्रनगर, कोहलपुर, अत्तरियालगायत २१ शाखा कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts