काठमाडौं । लक्ष्मी सनराइज बैंकको शतप्रतिशत स्वामित्वमा संस्थापित सनराइज सेक्युरिटिज लिमिटेड सञ्चालनमा आएको छ । बुधबार एक कार्यक्रमबीच लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले उक्त कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गर्दै उहाँले पुँजी परिचालन तथा नेपालको पुँजी बजार विकासमा आफ्नातर्फबाट केही योगदान गर्ने बताउँदै सनराइज सेक्युरिटिजकोे सफलताको कामनासमेत गर्नुभएको थियो ।
लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीका रूपमा अर्को एउटा संस्था स्थापित भएकोमा खुसी व्यक्त गर्नुभयो भने सनराइज सेक्युरिटिजका प्रबन्ध सञ्चालक कमल गौतमले कम्पनीले धितोपत्र खरिदबिक्रीसम्बन्धी सम्पूर्ण सेवा गुणस्तरीय रूपमा एकै ठाउँबाट सरल र सहज रूपमा प्रदान गर्ने जानकारी दिनुभयो ।
गैह्रीधारामा केन्द्रीय कार्यालय रहेको कम्पनीको अधिकृत तथा चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ भने स्टक ब्रोकर नम्बर १०० रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts