काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि समय थप भएको छ । कम्पनीको सञ्चालक समितिको साउन १४ गते बसेको बैठकले फुँयालको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको थियो । उक्त निर्णय स्वीकृतिका लागि बिमा प्राधिकरणमा पेश भएकोमा प्राधिकरणबाट सोमबार स्वीकृति प्राप्त भएको कम्पनीले जनाएको छ ।
यसैबीच आइएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौँ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गर्ने अवसरमा देशैभर विभिन्न कार्यक्रम आयोजना गरी सप्ताहव्यापी रूपमा मनाउने भएको छ । सातौँ वार्षिकोत्सवका अवसरमा विभिन्न सातवटा कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ ।
जसअन्तर्गत आगामी शनिबारसम्म वृक्षारोपण कार्यक्रम, बिमा साक्षरता कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा सामग्री वितरण कार्यक्रम, विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण, सेनिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण, प्रभातफेरी कार्यक्रमलगायतका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।
गत आइतबार कम्पनीले गण्डकी प्रदेश, कास्की जिल्ला, पोखरा महानगरपालिका ३० स्थित ग्रिन पार्क, सुदूरपश्चिम प्रदेश, कञ्चनपुर जिल्ला, शुक्लाफाँट नगरपालिका ९ स्थित वृन्दावन सामुदायिक वन, कर्णाली प्रदेश, सल्यान जिल्ला, शारदा नगरपालिका १ छापडाँडा तथा लुम्बिनी प्रदेश, बाँके जिल्ला, कोहलपुर ८ स्थित शीतलछाया सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा