दाङ । नेकपा माओवादी केन्द्र निकटको पत्रकार संगठन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा एमालेमा प्रवेश गर्नुभएको छ।
उहाँलाई महासचिव शंकर पोखरेलले आज पार्टी कार्यालयमा स्वागत गर्नुभएको हो।
एमालेमा प्रवेश गरेका शर्माले एमाले नै कम्युनिष्टको मूल नेतृत्व भएकाले माओवादी त्यागेर आएको बताउनु भयो।
प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासनले शर्मालाई प्रेस चौतारीमा उचित जिम्मेवारी दिइने बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता