काठमाडौं । हिमालयन बैंकले ललितपुरको जावलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा २ स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका अनुसार जावलाखेल शाखालाई साबिकको स्थानबाट ललितपुर महानगरपालिका २७ को सुनाकोठीमा स्थानान्तरण गरिएको छ भने जनकपुर शाखा २ लाई धनुषाको जनकपुरधामस्थित पिडारी चोकमा स्थानान्तरण गरिएको छ ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले सुनाकोठी शाखाको शुभारम्भ गर्नुभएकोे थियो भने बैंकका मधेश प्रदेश शाखा प्रमुख सागरकुमार रेग्मीले पिडारी चोक शाखाको शुभारम्भ गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements