काठमाडौं । यशोदा फुड्स प्रालिले नेपाल विद्युत् प्राधिकरणलाई नियमित महसुलभन्दा बढी तिरेको रकम अग्रिम दाखिला कायम गरिदिन आग्रह गरेको छ । कम्पनीले आइतबार प्राधिकरणलाई पत्राचार गर्दै बढी रकम आगामी तिर्नुपर्ने महसुलमा हिसाब मिलान गर्ने गरी अग्रिम दाखिला कायम गरिदिन आग्रह गरेको हो ।
यशोदाका अनुसार उद्योगले ट्रंक तथा डेडिकेटेड लाइन माग नै गरेको छैन । तर, प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइन लिएको भनी विशेष दर लगाई छुट प्रिमियम महसुल रकम माग गरी पत्राचार गरेको कम्पनीको पत्रमा उल्लेख छ ।
चित्त नबुझेको, लाल आयोगको प्रतिवेदन र सिफारिसबमोजिम केही तिर्नुपर्ने, बुझाउनुपर्ने सो तिर्न बुझाउन तयार रहेका छौँ भन्दा पनि विवादित रकम तत्काल दाखिला गर्न अन्य अन्यथा लाइन काटिने तथा कानुनअनुसार भई जानेछ भनी प्राधिकरणबाट ताकेता आएको कम्पनीले जनाएको छ ।
यशोदा फुड्स प्रालिले ट्रंक तथा डेडिकेटेड लाइनबापत रहेको चार लाख २५ हजार दुई सय ३१ रुपैयाँ तिरेको थियो । प्राधिकरणले उक्त रकम ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौतामा हिसाब मिलान गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts