काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतबाट भएका फैसला चित्त नबुझेका मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको छ ।
आयोगबाट विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरुमा विशेषअदालतबाट बिभिन्न मितिमा फैसला भएका मध्ये गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धि मुद्दामा आयोगको निर्णय अनुसार आज सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसारकमलप्रसाद खनालविरुद्ध गैरकानुनी लाभ लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा शुक्रबार पुनरावेदन गरिएको छ ।
जिल्ला विकास समितिको कार्यालय, कालिकोटबाट आर्थिक वर्ष २०७०/७१ मा नेपाल जलवायु परिवर्तन सहयोग कार्गक्रम अन्तर्गत नेपाल जलवायु परवर्तनको प्रचार प्रसारका लागि होर्डिङ बोर्ड निर्माण कार्यमा न्यू एकता इन्जिनियरिङ् वर्क्स नेपालगञ्ज, बाँकेको नामबाट मिति २०७१ वैशाख २४ को कर बिजक नं. ५८ को नक्कली बिलबाट होर्डिङ बोर्ड निर्माण गरेको भनी दुई लाख ४७ हजार ४९७ रुपियाँ र निर्मल लामिछानेको नक्कली भरपाइ स्रेस्तामा समावेश गरी २४ हजार रुपियाँ खर्च लिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगका अनुसार झुट्टा बिल भरपाइ समावेश गरी खरिद नै नगरिएको सामानको ढुवानी बापत समेतको खर्च देखाई खर्च लिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा बिगो तीन लाख २६ हजार ४९७ रुपियाँ कायम गरी मुद्दा पुनरावेदन भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts