काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते गठित केपी ओली नेतृत्वको मौजुदा मन्त्रिपरिषद्मा वरीयता हेरफेर गर्नुभएको छ।
उहाँले प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार मन्त्रिपरिषद्मा वरीयता हेरफेर गर्नुभएको हो । नेपाली कांग्रेसबाट सरकारमा सामेल दुई मन्त्रीको वरीयतामा हेरफेर भएको छ ।
हालको वरीयताअनुसार पर्यटनमन्त्री बद्री पाण्डे बढुवा हुनु भएको छ भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल घटुवा हुनुभएको छ । १६ औं स्थानमा रहनुभएका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा हुनुभएको छ ।
यता पौडेल भने घटुवा हुनु भएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता