‘सत्यको बलमा जिन्दगी चल्नुुपर्छ, शासकले चुनाव लड्न झुुट बोलेको हुनसक्छ तर विद्वान्ले नजानेको कुरा जानेको छुु भन्नुुहुुँदैन जानेको कुरालाई दृढतासाथ भन्नुुपर्छ ’ । यही उदात्त मान्यतामा विश्वास गर्ने इतिहास र ज्योतिष शास्त्रका निष्णात पण्डित धुुरन्धर विद्वान् प्रा.नयराज पन्तको आज एक सय एघारौं जन्मजयन्तीको पावन दिन हो । आमा यज्ञप्रिया देवी र बाबा कृष्णदत्त पन्तको कोख सफल बनाउँदै विसं १९७० श्रावण २६गते काठमाडौंको महाबौद्धमा आँखा खोलेका थिए उनले । डेढ वर्षको शैशव कालमै पिताको परलोक भएको हुँदा उनकी आमाले माइतमै बालक नयराजलाई हुर्काइन् । श्रद्धेय गुरु नयराजको तेह्र वर्षको उमेरमा पण्डित जनकराज पाण्डेकी बाह्र वर्षकी छोरी बुधकुमारीसित लगनगाँठो कसिएको थियो । पन्त दम्पतीबाट मेधावी दुुई छोरा महेशराज पन्त र दिनेशराज पन्त, तीनवटी छोरीहरू क्रमशः अम्बिका, धन र अमिता गरी पाँच सन्तान भए । मावली हजुुर बुुबा भुवननाथ पाण्डेबाट अक्षरारम्भ गरेका उनले ज्योतिष र इतिहासको अध्ययन मामाघरमै गरे । त्यसैले त उनी मामाघरका हजुर बुुबाकै पदचापलाई पछ्याएर ज्योतिषशास्त्र र इतिहासका कहलिएका विद्वान् बन्न पुुगे ।
शैक्षिक अनुुभव आर्जन गर्न सुरुमा कुमारीचोकको भाषा पठशालामा भर्ना भए । त्यसपछि पन्त स्रेस्ता पाठशाला पुुगे । त्यहाँ केही समयको अध्ययनपछि उनको पढाइ रानीपोखरी प्रधान पाठशा-लामा हुनथाल्यो । मेधावी विद्यार्थी पन्त आफ्ना दौतरी र तल्ला कक्षाका अनुज पुस्तालाई निःशुल्क पढाउने पनि गर्थे । स्कूूलीय शिक्षा पूरा भएपछि उच्च शिक्षा आर्जन गर्न पन्त काशी गए । अनि त काशीको राजकीय संस्कृत पाठशाला उनको अध्ययनको थलो भयो । जहाँबाट उनले ज्योतिष विषयमा प्रथम श्रेणी ल्याएर आचार्य ( स्नातकोत्तर) उपाधि हासिल गरे । ज्योतिष शास्त्रको अलावा साहित्य, दर्शन, व्याकरण र इतिहास विषयहरूमा पनि उनले अध्ययनको क्षितिज फराकिलो पार्दै गए । नेपाली, अंग्रेजी, मराठी तथा हिन्दी साहित्यका बहुु-विधामा उनको विशेष स्वाध्यायन लोभलाग्दो थियो ।
ज्योतिषाचार्य भैसकेपछि उनी नेपाल फर्किएर रानीपोखरी संस्कृत प्रधान पाठशालामा अध्यापक भई कुशल गुरुको भूमिका निर्वाह गर्नपुुगे । अध्यापनको अलावा इतिहास लेखन र विभिन्न पत्रपत्रिकाको संपादनको सुकाम पनि समाते । उनको प्रखर विद्वत्तताले त्रि.वि.वि.आकर्षित भयो र केही समयपछि संस्कृत प्रधान पाठशालाबाट उनलाई वाल्मीकि विद्यापीठ (क्याम्पस) मा प्रथम श्रेणीका प्राध्यापक बनाएर आचार्य तहसम्मका विद्यार्थी पढाउने दायित्व सुुम्पियो । झन्नै पुुगनपुुग दुुई दशक उनले त्यहाँ प्राध्यापन गराए । त्यसपछि त्रि.वि.वि.अन्तर्गत अन्वेषण अनुुसन्धानमा पसे ।
ज्योतिषाचार्य भैसकेपछि उनी नेपाल फर्किएर रानीपोखरी संस्कृत प्रधान पाठशालामा अध्यापक भई कुशल गुरुको भूमिका निर्वाह गर्नपुुगे । अध्यापनको अलावा इतिहास लेखन र विभिन्न पत्रपत्रिकाको संपादनको सुकाम पनि समाते । उनको प्रखर विद्वत्तताले त्रि.वि.वि.आकर्षित भयो र केही समयपछि संस्कृत प्रधान पाठशालाबाट उनलाई वाल्मीकि विद्यापीठ (क्याम्पस) मा प्रथम श्रेणीका प्राध्यापक बनाएर आचार्य तहसम्मका विद्यार्थी पढाउने दायित्व सुुम्पियो । झन्नै पुुगनपुुग दुुई दशक उनले त्यहाँ प्राध्यापन गराए । त्यसपछि त्रि.वि.वि.अन्तर्गत अन्वेषण अनुुसन्धानमा पसे । उनको प्राज्ञिक तीक्ष्णता देखेर राजदरबार पनि प्रभावित भयो । लगत्तै उनलाई तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्यको रूपमा १५ वर्षसम्म पन्तको प्रतिभालाई उपयोग गर्यो । नेपाली भाषा प्रकाशिनी समितिको सदस्य रहेर नेपाली भाषाको लाक्षणिक ग्रन्थ एवं साहित्यिक उन्नयनमा असल भूमिका निभाएका थिए । ज्योतिष विषयका विशेषज्ञ पन्तले नेपाली पात्रोलाई आकाशमा देखिने वास्तविक ग्रहस्थितिअनुसार शुुद्ध पार्ने योजना बुनेर तत्कालीन श्री पाँचको सरकारमा प्रस्तावपत्र राखेका थिए, तर तत्कालीन पञ्चायती सरकारले सो प्रस्ताव वास्तै गरेन । वहाँको सम्पादनमा प्रकाशित शोधपरक इतिहासप्रधान पत्रिका ‘पूर्णिमा त्रैमासिक’ युरोपमा विशेष गरेर जर्मनमा धेरै पढिन्थ्यो रे हाल पनि । नेपालमा त्यसका पाठक नगण्य थिए । यसैक्रममा विसं २००९ सालमा नेपालको सत्य तथ्य इतिहास लेख्न समर्पित गुरु नयराजले ‘संशोधन मण्डलको’ स्थापना गरी बांगोटिंगो, अपूूरो अस्पष्ट हाम्रो इतिहासलाई गवेषणापूूर्वक सूूत्रबद्ध गरेर मार्ग प्रशस्त गरे । महेशराज पन्तको भनाइमा : ‘१९९६ विसंदेखि उनले नेपालको इतिहासको उपकरण खोजी गर्नलागेका हुन् । यसै सिलसिलामा शोधक नयराजले विसंं १९९९मा एस.एल.सी.को लागि एक पुस्तक तयार गरेका थिए, जसलाई धेरै वर्ष दर्बार हाइस्कुलमा हेडमास्टर र त्रि-चन्द्र कलेलको प्रिन्सिपल भएका सम्पन्न रुद्रराज पाण्डको आग्रहले लेखिएको थियो’ ।
नयराज पन्त जस्ता धुरीण प्रज्ञा व्यक्तित्वसित तीन वर्षजति वाल्मीकि क्याम्पसमा ज्योतिष विषय पढ्ने अवसर मैले पनि पाएको थिएँ । सो विषयका छात्रहरू विभिन्न जिल्लाका हुन्थे । गुरु आफ्नो घण्टी खाली भएको वेला ज्योतिष ग्रन्थकै पुुस्तकहरू लय हालेर आफूले पढाउने कोठामा आँखा चिम्ली सस्वर वाचनसाथ मीठो लयमा घोकिरहनुुहुुन्थ्यो । अनि हामी गएर गुुरु, प्रणाम ! भनेर हातमा ढोगिदिन्थ्यौँ । त्यो बेला वाल्मीकिमा क्याम्पस प्रमुुख तोयनाथ पाँण्डे हुनुुहुुन्थ्यो । पाण्डे आफैं हाजिरकापी लिएर गुरुकहाँ दर्शन ‘हजुर गुुरु ! हाजिर गरिबक्सोस् भनी अनुरोध बिसाई गुुरुको सही गराएर उपस्थिति कापी बोकी जानुुहुुन्थ्यो । पाण्डे पनि नयराज गुरुकै चेला हुनुहुँदो रहेछ । वहाँले हामीलाई रेखागणित पढाउनुुहुन्थ्यो । गुुरु घरबाट आउँदा अफिस कोठामा नगई आफैंले पढाउने कक्षा कोठामा अध्ययनमा अभ्यस्त भएर पढ्नमै रमाइरहेको भेट्टाउँथ्यौँ । अनि हामी ठेट्ना न ठहरियौँ ! गुरुकहाँ पस्थ्यौँ र बोलाउँथ्यौँ वहाँ बाहिर जुत्ता खोलेर आइज भनी तँकारको हकारमा रुखो स्वरले बोल्नुुहुन्थ्यो तर भित्र हृदयमा वहाँसित प्रेम र करुणा भएको भेट्टाउँथ्यौँ । मलगायत प्रायः विद्यार्थीलाई तँ भनेकै सुहाएको र मायागरेको मैले महसुुस गर्दथेँ । एक दिनको कुरा हो हामीसँगैका एक साथी म त जुत्ता खोल्दिन भनेपछि कक्षाबाट हट् भनी सातो खानुुभयो ती साथी जंगिँदै बाहिर निक्लिए । दिनपछि हामीले प्रश्न गर्यौं, गुुरुदेव ! हजुरको जाँच दिनुु पनि छैन कतै वाचन प्रतियोगितामा भाग लिन पनि जानुुछैन होला किन यसरी घोक्रो सुुकाएर पढ्ने दुख गर्नुुभएको ? वहाँले छोटो उत्तर छिटो भाषामा दिनुुहुन्थ्यो तीनपटक दोहोर्याएर ‘अर्को जन्मको लागि (३) !’ हामी मुला ठेउकालाई अर्को जन्मको कुरा के थाहा ? अनि कता अर्को जन्म हुन्छ र गुरु ? भन्दा वहाँ यो श्लोक पूूरै पढ्नुुहुन्थ्यो । ल सुन् राम्ररी भनेर चर्पटपञ्जरिका स्तोत्रको सत्रै श्लोक मजाले हाउभाउ लगाएर वाचन गरी सुनाउनुुहुुन्थ्यो :
‘पुरपि जननं पुनरपि मरणं पुनरपि जननी जठरे शयनम् ।
इह संसारे खलुु दुस्तारे कृपया पारे पाहि मुरारे ।
कस्तं कोद्रहं कुत आयातः को मे जननी को मे तातः।
इति परिभावय सर्वमसारं विश्वं त्यक्त्वा स्वप्नविचारम् ।।
भजगोविन्दं भजगोविन्दं भज गोविन्दं मूूढमते’ !!
हामीजस्ता सतही ठेउकेहरू अलजिल्ल परेर हरेको हेर्यै हुन्थ्यौँ । गुरु आपूmले लेखेको कविता पनि सुनाउनुुहुन्थ्यो । एकपटक ‘क’ देखि ‘ज्ञ’ सम्मको कविता सुनाउनुुभयो । त्यो नितान्त व्यञ्जना शैलीमा लेखेको कविता रहेछ पछि चाल पाइयो । वहाँले कदेखि ज्ञसम्मका कवितामा तत्कालीन नेपालका विद्वान्, इतिहासविद्, राजनीतिज्ञ, साहित्यकार र ठूला पदका मान्छेका आचरणलाई ढन्नेसो सेक्ने गरी ठोक्नुु भएको रहेछ । हरेक चतुुष्पदीको अन्तिम हरपमा ‘क भयो प्रतिष्ठित ! ख भयो प्रतिष्ठित ! भन्दै ज्ञसम्म पुुर्याउनुुभएको थियो ’ पूूरा श्लोक अहिले आएन संभवतः वहाँको संग्रहहरूमा होलान् । गुरुजी निर्भय भएर भन्नुुहुुन्थ्योः ‘नेपालमा असल मान्छे कुनै क्षेत्रले पनि पाउन सकेन । सतही, हाटहुटे, अल्पज्ञानी, वाचस्तेन र चाकरीबाजहरूको हालीमुहाली छ यसैलाई चिर्न म अनुसन्धानमा लागेको हुुँ’ । नेपालको शिक्षानीतिप्रति वहाँ सन्तुुष्ट हुनुुहुुन्न थियो । त्यसै भएर उहाँले आफ्ना चेलाहरूलाई अनौपचारिक अध्येता बनाउन रुचाउनुु भयो । महेशराज पन्त दिनेशराज पन्त, ज्ञानमणि नेपाल, धनवज्र वज्राचार्यलगायत कयौँले औपचारिक शिक्षाको उपाधि पनि लिएनन् । तर, वहाँहरूमाझ त्रिविविका विद्यावारिधि प्रा.हरू पनि हच्कन्थे र वाल्ल पर्थे ।
तीन दर्जनभन्दा बढी इतिहास एवं ज्योतिष शास्त्रका गहकिला ग्रन्थहरू नेपाली कविता, प्रबन्ध, निबन्धलगायत अन्य विधाका कृतिहरू र संस्कृत वाङ्मयबारे सुन्दर कृति पनि प्रदान गरेर ठूलो गुन लगाउनुुभएको छ महापण्डित पन्तले । विभिन्न संघसंस्था र प्रतिष्ठानहरूबाट अभिनन्दित, अभिवन्दित र सम्मानित प्रा. नयराज पन्त सत्यको पक्षमा छाती खोलेर निर्भीक प्रस्तुति दिने लप्पनछप्पन मन नपराउने स्वच्छ प्राज्ञिक व्यक्तित्व भएकैले वहाँलाई नेपालका सुकरात भनेर चिनिन्छ ।
नयराज पन्त निकटका प्राज्ञहरू भन्छन् ‘तथ्यकै आधारमा सत्य खोज्ने अपूूर्व ब्रहृमयाग हाम्रा महागुरु नयराजले जिन्दगीभर चलाइरहनुु भयो’। त्यतिखेर नेपालको इतिहास प्रायः विदेशी विद्वान्हरूले लेख्दथे । प्राज्ञ डा.महेशराज पन्तको अनुसार ‘त्यतिखेरका चल्तीका पुस्तकमा कर्क प्याट्रिक, हेनरी एव्रोस ओल्डिफिल्ड, फ्रान्सिस बुक्यानन, हृयामिल्टन, सेसिल बेन्डल, सिल्वी लेवी, भगवान्लाल इन्द्रजी, हरप्रसाद शास्त्री, काशीप्रसाद जयसवाल आदि विद्वान्हरूले विसं १८१३ देखि विसं १९९६त क इतिहास लेख्ने काम गरे । आक्कल-झुक्कल विसं १९४४देखि बाबुराम आचार्य पनि देखिन थाल्नुुभयो । अरू नेपाली इतिहासकारहरू पनि यो कर्ममा लागे । गुुरुपुत्र महेश भन्नुुहुुन्छ, ‘विसं १९९६ देखि प्रा.नयराज पन्तले इतिहासको उपकरण खोजी गर्न लागेका हुन् । मूलतः नेपालको इतिहास क्षेत्रमा विदेशी शोधकहरूको एकाधिपत्य हटाएर सत्य तथ्यमा आधारित इतिहास खोजी गर्न नयराज लागेकै कारण यसले निकै फड्का मा¥यो । अतः उनले नेपाली इतिहासलेखनका त्रुटिहरू सच्याउने परिपाटी बसाले । स्वदेशी विद्वान् इतिहासकारहरू इतिहास शिरोमणि बाबुराम आचार्य,बालचन्द्र शर्मा, अम्बिकाप्रसाद उपाध्याय, रुद्रराज पाण्डे, ईश्वरराज अर्याल, डिल्लीरमण रेग्मी, सूूर्यविक्रम ज्ञवाली तथा स्वयं नयराज पन्तले लेखेका पुस्तकहरूलाई ‘संशोधन मण्डल’ ले संशोधन गरी शोधमा भेटिएका दुुर्वलता तथा अस्पष्टतालाई चिर्ने काम उहाँकै नायकत्वमा सम्पन्न भयो । सिद्धान्त ज्योतिष त हिन्दुहरूले ग्रीकबाट सुटुुक्क सारेर ल्याएका हुन् जसलाई उनीहरूले ईश्वरको कृपाको रूपमा व्याख्या गर्दछन् ’।
यो मिथ्याप्रलापको गर्हित आरोपलाई महापण्डित प्रा.नयराज पन्तले सप्रमाण खण्डन गरिदिएर थिबोका भारतीय केही चेलाचपेटालाई जिल्ल पारिदिए । इतिहासविद् विद्वान् डा.महेशराज पन्त दृढतापूूर्वक आफ्नो लेखमा भन्नुुहुन्छ : ‘हाम्रो सिद्धान्त ज्योतिष र ग्रीकहरूको सिद्धान्त ज्योतिष तुलना नयराज पन्तले विस्तारपूर्वक लेखिदिनुु भएको छ वास्तवमा गणित ज्योतिषको इतिहासको परिशीलन गर्ने एकमात्र नेपाली हुन् उनी’ । दिनको सोह्र घण्टा अध्ययन अनुसन्धानमा लिप्त गुरुदेव पन्त आफ्ना चेलाहरूलाई पनि धेरै समय अध्ययनमा खर्च गर्ने उर्दी दिनुुहुन्थ्यो । नेपालको परीक्षा प्रणालीसित वहाँको विरोध थियो । हरेक विषयमा तेत्तीस नं ल्याएमा पास हुने शिक्षा ‘त्रिखण्डे’ हो भनी आलोचना गर्नुहुन्थ्यो ।
तीन दर्जनभन्दा बढी इतिहास एवं ज्योतिष शास्त्रका गहकिला ग्रन्थहरू नेपाली कविता, प्रबन्ध, निबन्धलगायत अन्य विधाका कृतिहरू र संस्कृत वाङ्मयबारे सुन्दर कृति पनि प्रदान गरेर ठूलो गुन लगाउनुुभएको छ महापण्डित पन्तले । विभिन्न संघसंस्था र प्रतिष्ठानहरूबाट अभिनन्दित, अभिवन्दित र सम्मानित प्रा. नयराज पन्त सत्यको पक्षमा छाती खोलेर निर्भीक प्रस्तुति दिने लप्पनछप्पन मन नपराउने स्वच्छ प्राज्ञिक व्यक्तित्व भएकैले वहाँलाई नेपालका सुकरात भनेर चिनिन्छ । २०४३ सालमा वहाँद्वारा लिखित ‘लिच्छवी संवत्को निर्णय’ शोध ग्रन्थका लागि मदन पुुरस्कार गुुठीले पुुरस्कृत गर्यो । गोरखा दक्षिण बाहुु प्रथम, महेन्द्र विद्याभूूषण, त्रिभुवन प्रज्ञा पुरस्कार, आदिकवि भानुक्त पुरस्कार प्राप्त प्राज्ञ पन्तलाई २०५७ सालमा त्रिभुवन विश्वविद्यालयले सम्मानार्थ महाविद्यावारिधि(डिलिट) उपाधि प्रदान गरेर वहाँको लगन, उदात्त गवेषण कर्मको तपस्याप्रति शिर निहुरायो । इतिहास र ज्योतिर्विज्ञानमा आफ्नो स्कुलिङमार्फत थुप्रै उत्तरधिकारी संगठित गरेर (धनवज्र वज्राचार्य, गौतमवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज तथा दिनेशराज पन्त, नयनाथ पौडेल,....राजवंशीजस्ता) थुप्रै रत्नहरू काठमाडौँ महाबौद्ध गुुरुकुुलकै उब्जनी हुनुुहुन्छ । नब्बे वर्षको उमेरमा वहाँको इहलीला समाप्त भयो । सत्यवादी स्पष्टवक्ता स्वर्गीय गुरुप्रवर नयराज पन्तको आज सायन २६ गते एक सय एघारौं जन्मजयन्तीको सन्दर्भमा भावपूूर्ण हार्दिक श्रद्धाञ्जलि चढाउँदै परिवारजनमा आदरभाव प्रकट गर्दछु र यो सानो लेख यहीँ पूूर्णविराम लगाउँछुु ।
अस्तु ।







हार्दिक धन्यवाद शङ्कर सर।
मूर्धन्य विद्वान नयराज पन्त गुरु बारे विद्वत्तापूर्ण लेखका लागि लेखक दाहालज्यूमा साधुवाद !