काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले वर्तमान सरकार कोही कसैप्रति प्रतिशोध साँध्न नबनेको प्रष्ट पार्नुभएको छ ।
मंगलबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले कोही कसैप्रति उदारता र अनुदारता नदेखाउने बताउनु भयो । ‘यो सरकारले कोही कसैप्रति प्रतिशोध साँधन् बनेको होइन । डामाडोल बनको अर्थतन्त्र सुधार गरेर देशको विकास गर्न सरकार बनेको हो । त्यसैले तपाईहरुलाई भन्न चाहान्छु सरकारले कोही कसैप्रति आग्रह वा पूर्वाग्रह राख्दैन। कसैलाई दु:ख दिँदैनौं । दुख दिने नियती पनि हाम्रो छैन’ उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नेलाई कानून बमोजिम कडाभन्दा कडा कारबाही गर्ने कुरामा सरकार प्रष्ट रहेको बताउनु भयो । कसैको अनुहार हेरेर क्षमा दिने र कारबाही गर्नेतर्फ नजाने उहाँले दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो,‘देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न सक्छौँ । भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ सुशासन कायम गर्न सक्छौँ । यसरी भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्नु आवश्यक छ । त्यसै गरेर भ्रष्टाचार निवारण ऐन २०५९ मा रहेको भ्रष्टाचारसम्बन्धी कसुरको परिभाषा, सार्वजनिक संस्था र कसुर र सजाय, अनुसन्धान तथा अभियोजन लगायतका विषयमा संशोधन अघि मैले भनेको प्रयोजनका लागि आवश्यक देखियो ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकारले सो सम्बन्धि ऐन संशोधन गर्न चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोही अनुसारको ऐन आवश्यक परेको बताउनु भयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणका लागि दोषीमाथि सरकार कडा रुपमा प्रश्तुत हुने पनि बताउनु भयो ।
ओली प्रधानमन्त्री बनेपछि पहिलो पटक राज्य व्यवस्था समितिमा पुग्नुभएको हो। बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts