ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज वि.सं २०८१ साउन २१ गते सोमबार, ई.स. २०२४ अगस्ट ४, तिथि– श्रावण शुक्लपक्ष प्रतिपदा, नक्षत्र– अश्लेषा, १५ः२७ बजेपछि मघा, व्यतीपात– योग, वव– करण, चन्द्रराशि– कर्कट, सूर्योदय– ५ः३०, सूर्यास्त– १८ः४८ ।
मेष : आम्दानी नहुँदा दैनिक खर्चको लागि समस्या हुन सक्छ ।
वृष : परिवारजनमा आत्मीय भाव बढ्नेछ ।
मिथुन : श्रमको उचित मूल्यांकन नहुँदा खिन्नता हुनेछ ।
कर्कट : सन्तान र सहयोगीका माध्यमबाट सुखप्राप्ति हुनेछ ।
सिंह : आय आम्दानीका बाटाहरू साँघुरा हुनेछन् ।
कन्या : आत्मविश्वास र दृढसंकल्पले लक्ष्यप्राप्ति हुनेछ ।
तुला : रोकिएका काम सम्पादन हुनेछन् र आयआर्जनका स्रोतसमेत बढ्नेछन् ।
वृश्चिक : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
धनु : लामो दुरीको यात्रामा समस्या हुने देखिएको छ ।
मकर : गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ ।
कुम्भ : प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ ।
मीन : प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ ।






