राप्ती । चितवनको राप्ती नगरपालिकामा एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले सेवा ठप्प हुँदा पनि मेयर शमशेर लामा गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
विहीबार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुले मेयर र उपमेयरको कार्यकक्षमा तालाबन्दी, अदालतमा रिट दायर गर्दा पनि मेयर लामाले कार्यपालिका बैठक र नगरसभा गरेर निकास निकाल्न नखोजेको आरोप लगाएका हुन् ।
कार्यपालिका बैठक र नगरसभाको माग गर्दै एमाले र काँग्रेसबाट निर्वाचित वडाध्यक्षसहित बहुमत कार्यपालिका सदस्यहरुले मेयर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा गत फागुन ९ गते ताला लगाएका थिए ।
जनप्रतिनिधिले कार्यकक्षमा ताला लगाएपछि मेयर लामाले अस्थायी कार्यकक्ष बनाएर काम गरिरहनुभएको छ भने उपप्रमुख लामाले न्यायिक समितिको कार्यकक्षबाट सेवा प्रदान गरिरहनुभएको छ ।
मेयर लामा ताला नखोली नगरसभा र कार्यपालिका बैठक नगर्ने अडानमा हुनुहुन्छ भने आन्दोलनरत जनप्रतिनिधिहरु मेयरले नगरसभा र कार्यपालिका बैठक नबोलाई ताला नखोल्ने पक्षमा रहेका छन् । दुबै पक्षको हटका कारण नगरपालिकाले प्रदान गर्ने सेवा ठप्प भएको छ ।
बहुमत कार्यपालिका सदस्यहरुले कार्यकक्षमा ताला लगाउदा पनि मेयर लामाले निकासको लागि प्रयास नगरेको आन्दोलनरत जनप्रतिनिधिहरुको आरोप छ । एक बर्ष अघिदेखि नगर सभा र कार्यपालिका बैठक बस्न नसकेका कारण नगरपालिकाको सम्पूर्ण सेवा अबरुद्ध भएको हो । राजश्व संकलन, भूक्तानी, दस्तुर लिएर गर्ने सिफारिसको काम रोकिएको छ भने योजना सम्झौता नहुँदा विकास निर्माण अगाडि बढ्न सकेको छैन ।
सो नगरपालिकामा बजेट होलिडे हुँदा आर्थिक गतिविधि ठप्प भएको छ । आन्दोलनरत जनप्रतिनिधि चैत २३ गते उच्च अदालत हेटौडामा कार्यपालिका बैठक र नगरसभाको माग गर्दै रिट दायर गरेका थिए । रिट दायर भएको चार महिन वितिसक्दा पनि अदालतले फैसला गर्न गरेको छैन ।
नेकपा एमालेबाट निर्वाचित वडा नं ५ का वडाध्यक्ष सीताराम बलले मेयर लामा गैरजिम्मेवार हुँदा राप्तीमा अस्थिरता निम्तिएको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले हस्ताक्षर गरेर नगरसभा र कार्यपालिका बैठकको माग गर्दै ज्ञापनपत्र बुझाएको बताउनुभयो ।
आर्थिक बर्ष २०८०/८१ को नगर सभाले पारित गरेका योजनाहरुलाई लत्याएर मेयर लामाले रातोकिताबमा आफु खुसी योजना समावेश गरेर अस्थिरताकाे विजारोपण गरेको बताउनुभयो ।
नेपाली कांग्रेसबाट निर्वाचित वडा नं १२ का वडाध्यक्ष अर्जुन चेपाङले मेयर लामाकै कारण कार्यपालिका बैठक र नगरसभा हुन नसकेको बताउनुभयो ।
यता मेयर लामाले भने एमाले र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले काम गर्न नदिने नियतले आफुलाई घेराबन्दी गरेको बताउनु भएकाे छ ।
‘बहुमतको दम्भले घेराबन्दी गरियो’ उहाँले भन्नुभयो, ‘जनताको पक्षमा काम गर्न खोज्दा जनप्रतिनिधिकै असहयोग भयो ।’ मेयर लामाले अदालतमा विचाराधिक मुद्दाको छिनोफानो भएपछि कार्यपालिका बैठक र नगरसभा आयोजना गर्ने बताउनु भयो । समस्याको निकास निकाल्न छलफल सुरु भएको भन्दै उहाँले दुबै पक्षले गरेको गल्तीलाई आत्मसाथ गरेर अतिरोध अन्त्य गर्ने पक्षमा आफु रहेको बताउनुभयो ।
मेयर लामाले कार्यकक्षमा ताला लगाउनु पर्ने कारण प्रमाणित गरेर देखाउन समेत आन्दोलनरत जनप्रतिनिधिलाई आग्रह समेत गर्नुभयो । ७० जनप्रतिनिधि रहेको राप्तीमा एमालेका ८ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सहित ४९ जना, काँग्रेसका उपमेयरसहित तीन वडाध्यक्षसहित १७ जना, एकीकृत समाजबादीका मेयरसहित दुई वडाध्यक्ष गरी तीन जना र माओवादीबाट एक जना वडासदस्य निर्वाचित भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच