
नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाले १७औँ गाउँसभामार्फत् नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । असार १० गतेभित्र स्थानीय तहहरूले बजेट ल्याउनुपर्ने नीतिगत व्यवस्था भए पनि पाल्हीनन्दन गाउँपालिकाले साउन १५ गतेमात्र नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाको आन्तरिक विवादका कारण असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेकाले ढिलो गरी गाउँसभा गरिएको गाउँपालिका अध्यक्ष बैजुप्रासद गुप्ता दिपकले बताउनुभयो ।
केही वडामा कुरा नमिलेपछि गाउँसभा हुन सकेको थिएन । अध्यक्ष गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवद्र्धन, कृषिमा किसान सहयोगी युवाहरूलाई स्वरोजगर बनाउने लक्षित कार्यक्रम, पूर्वाधार निर्माण, सबै वडामा कच्ची सडकलाई पक्की सडक निर्माण, पालिकाभित्र रहेका पर्यटकीय क्षेत्र विकास गरी पर्यटक भित्र्याउनेलगायतका कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।
पालिका उपाध्यक्ष फातिक खातुन अन्सारीले २०८१÷८२ का लागि झण्डै ५३ करोड अर्थात् ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गर्नुभएको हो । वित्तीय समानीकरण अनुदानतर्फ ११ करोड ६३ लाख, सशर्त, समपूरक र विशेष अनुदानबाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालुतर्फ ५६.५ प्रतिशत र विकास बजेटतर्फ ४३.३ प्रतिशत विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्रशासनिक खर्च नौ करोड, शाखागत कार्यक्रम तथा खर्चबापत चार करोड, समपूरक कोष एक करोड ४० लाख, विभिन्न कोषका लागि ३० लाख, पालिकाअन्तर्गतका योजनाका लागि पाँच करोड २५ लाख र चालु आर्थिक वर्षमा दुई करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच