
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा पीडितमैत्री हुनुपर्ने बताउनुभएको छ ।
बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औं स्मृति दिवस एवं ३० औं प्रकाश मानव अधकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताउनु भयो ।
उहाँले अझैपनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउने काम बाँकी रहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, रानीतिक दलहरु, मानवअधिकार कर्मी, आम नागरिकहरुको काँधमा रहेको बताउनु भयो । उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउँदा पीडितको पक्षपोषण हुनेगरी टुंग्याउनुपर्ने बताउनु भयो ।
उहाँले सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको पनि बताउनु भयो । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्ला दिनहरुमा हामी,हामीले देख्दै र भोग्दै आएका छौँ । नेपालले एउटा अनपेक्षित, अनावश्यक, अनुचित र एक ढंगले भन्दा नेपाली समाजको निम्ति बोझको रुपमा सम्झना भइरहने कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज गुज्रियो । त्यो द्वन्द्वबाट हामी नेपालीहरुले बडो मेहनतका साथ नेपाली समाजलाई द्वन्द्वबाट, हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौँ । हिंसा र द्वन्द्वको अन्त्य भएको छ भने शान्तिको स्थापना भएको छ । तर अझैपनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् । शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने काम बाँकी छ । केही कामहरु अझै पनि बाँकी छन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ । सरकार, रानीतिक दलहरुको काँधमा छ । मानवअधिकार कर्मीहरुको काँधमा छ । आम नागरिकहरुको काँधमा छ । यो बाँकी काम हामीले शिघ्रति शिघ्र सम्पन्न गरेर हिंसाका द्वन्द्वका घाउहरु मेट्ने कोशिस गर्नुपर्छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सिलसिलामा हामी कसैले पनि छोड्न, बिर्सन, कमजोर हुन नदिने विषय के छ भने शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउँदा हाम्रा निस्कर्षहरु पीडितमैत्री हुनुपर्छ । पीडितको पक्षमा हुनुपर्छ । बाँकी रहेका विषयमा पीडितको पक्षपोषण हुनेगरी ति विषय टुंगो लगाउनु पर्छ । हिंसा र द्वन्द्वको असरलाई सधैँका निम्ति समाप्त गर्ने हिसावले अघि बढ्नुपर्छ । सरकार सोही दृष्टिकोणका साथ अघि बढिरहेको छ ।’
उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताउनु भयो । उहाँले परिस्थितिअनुकुल मानव अधिकारका एजेण्डाहरुलाई अघि बढाउने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच