काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रिय कमिटीलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयबारे न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका नेता जगन्नाथ खतिवडाले बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य जिम्मेवारी प्रदान गरेको बताउनु भयो । उहाँले कार्यदलले १८ गते बस्ने बैठकमा ाफ्नो प्रश्ताव प्रश्तुत गर्ने निर्णय भएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आजको केन्द्रिय कमिटीको बैठकले हाम्रो केन्द्रिय कमिटीलाई पूर्णता दिनका लागि अन्तिम गृहकार्य गर्नेगरी र बैठकमा प्रश्तुत गर्नेगरी पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका महासचिव घनश्याम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । १८ गते बस्ने बैठकमा उहाँहरुले आफ्नो प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।’
असार १६ गतेदेखि काठमाडौंमा भएको महाधिवेशनले १० दिनभित्रमा पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने भनेपनि अहिलेसम्म टुंगिएको छैन । साउन १८ गते बस्ने बैठकले पदाधिकारी र केन्द्रिय सदस्यको टुंगो लगाउने पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच