नेताहरुले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 5 mins

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको बताउनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित बालक्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले अघिल्लो पुस्ताका नेताहरुले व्यवस्था परिवर्तनका लागि गरेको संघर्षप्रति धन्यवाद दिँदै युवा पुस्ताले मुलुकको सुशासन र समृद्धिको खाकासहित राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । युवाहरु विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘व्यवस्था परिवर्तनमा तपाईहरुको महत्वपूर्ण योगदान रह्यो । तर समृद्धिका लागि तिमीहरुले राम्रो काम गर्न सकेनौं । अव समृद्धिको खाका हामीसँग छन् भनेर युवा पुस्ताले हस्तक्षेप गर्नुपर्‍यो । मेरो भनाई त्यहाँ हो । जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अष्ट्रेलिया वा जापान, चाईना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तीका लागि जति लडाई गर्‍यो, अव बाँकि काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटी अर्को संघर्ष गर्न जरुरी छ । युवाहरुले गर्ने संघर्ष भनेको त्यो हो । ज्वाई ससुराली गएर खाएजस्तो गरेर विदेशमा बसेर नेपाल बिर्सने काम युवाहरुले गर्नुहुँदैन । त्यहाँ सिकेर देश निर्माण गर्न लाग्नुपर्‍यो । मेरो अनुरोध के हो भने हिजोको पुस्ताले अहिलेसम्म राजनीति गरिरहेको पुस्ताले ठूलो त्याग गर्दै राजनीतिक परिवर्तन जिवनमरणको लडाई लडेर यो परिवर्तन ल्यायो । त्यसका लागि धन्यवाद भनौं । अव अगाडि बढनेमा आशातित हिसावले गर्न नसकेर हिजोको त्यागको प्रतिफल आफैं खान सन्ततिका लागि हुनुपर्नेमा आफैंका लागि भनेर अलि लोभलालची हुन थाल्यो । के गर्नु सत्तामा गइरहने तर तर राम्रो नगरेपनि सधैंभरी कति पटक भनेर लागि रहने जुन भइराखेको छ । त्यसमा युवाहरुले हस्तक्षेप गरेर तपाईहरुजस्तो ऊर्जाशील आएर देशलाई सुशासन, न्याय र आर्थिक प्रगतिमा लैजाने कुरामा अठोट गर्नु प¥यो । वातावरण बनाउने हो । बनेन भने संघर्ष गर्ने पनि अर्को कुरा हो । देशलाई आर्थिक प्रगति र समृद्धिका दिशामा अघि बढाउने गरी युवाहरुले काम गर्नुपर्छ ।’

अध्यक्ष तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताउनु भयो । उहाँले बालक्लवमा आवद्ध युवाहरुले भावी दिनमा राष्ट्र निर्माणका लागि नेतृत्वदायी भुमिका निर्वाह गर्नेलक्ष्यसहित अघि बढ्नुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *