काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’को ‘इण्डक्ल्याप’ गरिएको छ । चलचित्रको छायांकन दुई चरणमा गरेर ४० दिन लगाएर पूरा गरिएको हो । गत जेठ २४ गतेदेखि छायाकंन सुरु गरिएको चलचित्रको ओखलढुंगा जिल्लाको रुम्जाटार क्षेत्र आसपासमा ३६ दिन लगाएर पहिलो चरणको छायांकन सम्पन्न गरिएको थियो भने काठमाडौं उपत्यकामा चार दिनको दृश्य खिचेर दोस्रो चरणको छायांकन सकिएको निर्माता विनोद पौडेलले जानकारी दिनुभयो ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण गरिएको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, विनोद न्यौपाने, भोलाराज सापकोटा, बुद्धि तामाङ, माओत्से गुरुङ, अलिशा बास्तोला, देशभक्त खनाल लगायतका कलाकारको अभिनय छ भने बालकालकारमा जान्भि पौडेल र स्वायम् केसी रहनुभएको छ ।
छायांकन सकिएसँगै निर्माता पौडेलले दशैंमा चलचित्रलाई सिनेमा घरमा ल्याउने तयारी गरिरहेको जानकारी दिनुभयो । सोसल-ड्रामा जनरा रहेको चलचित्रका निर्देशन सरोज पौडेल हुनुहुन्छ । चलचित्रमा सरोजको नै कथा छ । विनोद पौडेल र प्याट्रिक सुवेदी चलचित्रको लगानी कर्ता हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ रहनुभएको छ । चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ भने प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारंगी छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा