
भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरमा अहिलेसम्म ८५ प्रतिशत धान रोपाँई भएको छ । समयानुकुल बर्षात भईरहेका कारण रोपाईको क्रम बढेको हो ।
जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह छन । भोजपुरको कुल खेतीयोग्य जमिनको क्षेत्रफल ६२ हजार दुई सय ९९ हेक्टर रहेको छ । जसमा १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । भोजपुरमा हालसम्म १० हजार दुई सय ४३ हेक्टर क्षेत्रफलमा धान खेती सकिएको छ । भोजपुर जिल्लामा बेलकुटी, अटे, कुमल, सानो मसिना, मनसुली लगायत विभिन्न प्रजातीका धानहरु रोप्ने गरिन्छ । जिल्लाको केही क्षेत्रमा बर्खे र अधिकांश ठाउँमा मंसिरे धान समेत लगाउने गरिन्छ भने बेसी फाँटमा बर्षमा दुई वाली समेत कृषकहरुले लगाउने गर्छन ।
भोजपुर जिल्लाको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मुलपानी लगायतका ठाउँहरु धानको लागि पकेट क्षेत्र मानिएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।
कोशी प्रदेशमा हालसम्म ९० दशमलव ६८ प्रतिशत रोपाई भएको छ । कोशी प्रदेश कृषि निर्देशनालय बिराटनगरका अनुसार अहिलेसम्म उच्च पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा गरी ८४ दशमलव ३३ प्रतिशत रोपाई सकिएको छ । यस्तै मध्य पहाडी क्षेत्र इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, खोटाङ, धनकुटा, ओखलढुंगा, उदयपुरमा गरी ८४ दशमलव २३ प्रतिशत र तराईको क्षेत्र झापा, मोरङ र सुनसरीमा ९३ दशमलव ४४ प्रतिशत रोपाई भएको छ ।
कृषि निर्देशनालयका बाली बिकास अधिकृत भवानी बस्नेतका अनुसार समग्र कोशी प्रदेशमा अहिलेसम्म ९० दशमलव ६८ प्रतिशत रोपाई सकिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच