काठमाडाैं । हिरासत शिविरमा प्यालेस्टाइनी बन्दीलाई दुर्व्यवहार गरेको आरोपमा इजरायलको सेनाले सैनिकहरुमाथि अनुसन्धान शुरु गरेको छ । नौ जना इजरायली सेनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ ।
उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको हो । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारले शिविरमा राखिएको प्यालेस्टिनी बन्दीमाथि दुव्र्यहार हुँदा यौनाङ्गमा गहिरो चोट लागेको र उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।
फिजिशियन्स फर ह्युमन राइट्स-इजरायलका अनुसार इजरायली सेनाले मानवअधिकारको उल्लंघन गरेको बताइएको छ ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता