काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताउनुभएको छ ।
सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैँले खोलेको र भ्रष्टाचार पनि आफैँले गरेको हो भनेर स्वीकार्न आग्रह गर्नुभयो ।
उहाँले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताउनु भयो । उहाँले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यि काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ ।’
सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गर्नुभयो ।
भ्रष्टाचार प्रकरणको फाइल खोलेका कारण सरकार ढालियो भन्ने पूर्वगृहमन्त्री लामिछानेको भनाइको खण्डन गर्दै अघिल्लो संसद बैठकमा महामन्त्री शर्माले उक्त आरोप निराधार रहेको बताउनु भएको थियो ।
विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको शर्माको आरोप थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts