म्याग्दी । हिमाली जिल्ला म्याग्दी बाढी पहिरो तथा भू-क्षयको उच्च जोखिममा रहेको एक अध्ययनले देखाएको छ ।
भू-तथा जलाधार कार्यालयले गरेको अध्ययन अनुसार बाढी पहिरो र भू-क्षयका कारण जिल्लाबाट वर्षेनी २५ लाख टन मलिलो माटो बगरेर नष्ट हुने गरेको देखिएको छ ।
भोगौलिक रुपमा कमजोर रहेको म्याग्दी जिल्लामा प्राकृतिक प्रकोपजन्य समस्याहरुः भू-क्षय, बाढी, पहिरो तथा नदिकटानले गर्दा बर्षेनी ठुलो धनजनको क्षति हुने गरेको भू-तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार भिरालो जमिन, कमजोर भू-वनोट, भूमिगत जलप्रवाह, अव्यवस्थित भलपानी, ग्रामिण सडक विस्तार, परापुर्वकालदेखि वग्दै आएको खोल्साखोल्सीको वहावमा परिवर्तन हुनु जस्ता समस्याहरुका कारण जिल्लाका अधिकांश वस्तिहरु बाढी तथा पहिरोको उच्च जोखिममा रहेका पाइएको छ ।
लामो समयदेखि म्याग्दीमा कार्यरत मिश्रका अनुसार म्याग्दी जिल्लाको ६१ प्रतिशत भू-भाग ६० डिग्रीभन्दा बढी भिरालो र ३६ प्रतिशत भू-भाग १देखि ६० डिग्रीसम्म भिरालोपना रहेको छ भने केवल ४ प्रतिशत भू-भाग मात्र समथर रहेको छ ।
क्षेत्रफलको हिसाबले दुई हजार दुई सय ९७ दशमलव ६ वर्ग किमिओगटेको जिल्लामा छोटो समयमा हुने अधिक मनसुनी बर्षा, भूकम्पीय कम्पन्न तथा भौगर्भिक हलचलका साथै जमिनहरु प्राकृतकि रुपमा खिईदै जानु,भिरालो पाखाहरुमा रहेका ठुला रुख प्रजातीका वनले गर्दा पानी पर्दा भूमिगत पानीका कारण भिरालो जमिनहरु भासिनु, जमिनमा धांजाहरु पर्नु र अन्त्यमा पहिरो जाने गरेको वरिष्ठ भू तथा जलाधार संरक्षण अधिकृत पौडलले बताउनुभयो ।
“म्याग्दीमा विकासले विनाश निम्त्याएको छ, हरेकबर्ष नयाँ पहिरो थपिदैं गएको छ, अब वातावरणमैत्री कार्यलाई प्राथमिकता नदिए भविष्यमा ठूलो क्षतीको समाना गर्नुपर्ने अवस्था आउन सक्छ” प्रमुख पौडेलले भन्नुभयो ।
उहाँका अनुसार म्याग्दीमा नदी प्रणालीको रुपमा हेर्दा म्याग्दीखोला, कालीगण्डकीखोला र रघुगंगा गरी मुख्यतया तीन वटा जलाधार क्षेत्र रहेका छन् । जसले जिल्लाको क्रमशः ५५ प्रतिशत, ३० प्रतिशत र १३ प्रतिशत जलाधार क्षेत्र ओगटेको अवस्थामा बर्षेनी २५ लाख, १५ हजार, सात सय ६० टन माटो भू-क्षयको रुपमा वगेर गएको पौडेलले जानकारी दिनुभयो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका अनुसार म्याग्दीको अन्नपुर्ण गाउँपालिकाबाट ८ लाख ५५ हजार १ सय ७३ टन, रघुगंगा गापाबाट ३ लाख ५० हजार ४ सय ६८ दशमलव १० टन, वेनी न.पा.बाट ३१ हजार १ सय ३७ टन, मंगला गापाबाट ३३ हजार ४ सय ६६ टन, मालिका गापाबाट १ लाख ३ हजार २ सय ३० टन, धवलागिरी गापाबाट ८ लाख ९६ हजार ४ सय दशमलव १० टन र ढोरपाटन शिकार आरक्षबाट २ लाख ४५ हजार ८ सय ८६ टन माटो प्रतिवर्ष विभिन्न खोलानाला हुँदै बगिरहेको छ ।
म्याग्दीमा एक दशक अगाडिका ठूला पहिरो नियन्त्रणका लागि न्यून बजेटले सम्भव नभएकाले दीर्घकालिन योजना बनाउन पटकपटक माग गरिएपनि सुनुवाइ भएको छैन ।
प्राकृतिकजन्य विपत्तका लागि न्यून बजेटका साथै म्याग्दी जिल्लामा प्रयाप्त जनशक्ती सहितको दरबन्दीको अभावलेसमेत प्रभावकारी काम हुन सकेको छैन ।
उच्च जोखिमयुक्त सदरमुकामको रुपमा रहेको बेनीबजार संरक्षणका लागि पर्खाल बनाइएपनि स्काभेटरको प्रयोग गरी नदीको गर्भ खन्दा नदीले धार परिवर्तन गरी नदी गहिरिएको छ ।
कंक्रिट पर्खालले कटान रोक्ने भन्दै प्राकृतिक रुपमा नदीभित्र जमेर बसेका ढुंगा फुटाएर गरिएको अपारदर्शी मोडेलका कारण सदरमुकाम बेनी कालिगण्डकी र म्याग्दी नदीको जोखिममा छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts