काठमाडौं । एकैपटक दुई वर्षको पैसा तिर्दा वल्र्डलिंकको दुई सय एमबिपिएस इन्टरनेट मासिक सात सय ५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्यसमेत सस्तो पर्ने ‘दुईमा चार’ अफर सार्वजनिक गरेको हो । कम्पनीको यस अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुट पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुईवटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट टप बक्ससमेत सित्तैमा पाउनेछन् । जसका लागि ग्राहकले १७ हजार नौ सय ९० रुपैयाँ (भ्याटबाहेक) तिरे पुग्नेछ भने सम्पूर्ण डिभाइसको डिपोजिट छुट्टै तिर्नुपर्नेछ ।
त्यसैगरी दुई सय ५० एमबिपिएस र तीन सय एमबिपिएस गतिको इन्टरनेटका लागिसमेत कम्पनीले २४ महिने प्याकेज तयार पारेको छ । जसको मूल्य क्रमशः १९ हजार चार सय ९० र २२ हजार दुई सय ९० रुपैयाँ रहेको छ । तर, दुई सय, दुई सय ५० र तीन सय एमबिपिएस प्याकेज तीन महिना, छ महिना वा १२ महिनामध्ये आफ्नो अनुकूलतामा लिन सकिने विकल्प यथावत् रहेका छन् । जसअनुसार दुई सय एमबिपिएसको मूल्य तीन महिनाका लागि तीन हजार तीन सय, छ महिनाका लागि छ हजार चार सय र १२ महिनाका लागि १२ हजार छ सय रुपैयाँ पर्न आउने कम्पनीले जनाएको छ ।
त्यसैगरी दुई सय ५० एमबिपिएस तीनमहिने प्याकेजको मूल्य तीन हजार छ सय, छमहिने प्याकेज सात हजार र वार्षिक प्याकेजको १३ हजार आठ सय रुपैयाँ रहेको छ । त्यसबाहेक तीन सय एमबिपिएसका लागि भने तीन महिनाका लागि चार हजार ५० रुपैयाँ, छ महिनाका लागि सात हजार नौ सय र एक वर्षका लागि १५ हजार छ सय रुपैयाँ शुल्क हुन आउँछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा