काठमाडौं। बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने हुनुभएको छ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ। साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।
उहाँलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।
उहाँले हिजोमात्र १४ सदस्यीय मन्त्रिपरिषद् बनाएर सरकारलाई पूर्णता दिइसक्नुभएको छ ।
कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ। बागमतीमा कांग्रेस–एमाले एकठाउँमा भएकाले स्पष्ट बहुमत रहेको छ।
बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन्।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts