विकास र समृद्धि सरकारको प्राथमिकतामा छ : मन्त्री गुरुङ

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको विकास र समृद्धि सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङले आज बेँसीसहर नगरपालिका-७ मनाङे चौतारामा आयोजना गरेको उहाँको सम्मान तथा भेटघाट कार्यक्रममा जनताको सेवा गर्नु सरकारको दायित्व भएकाले जनताको चाहनाअनुरुप सरकारले विकास गर्ने सञ्चारमन्त्री गुरुङले बताउनुभयो ।

विभिन्न समयमा कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेको बताउँदै सञ्चारमन्त्री गुरुङले अहिले स्थिरता र जनतामा आशाको सञ्चार गर्न पुनः मिलेकाले सोही अनुरुप सरकारले विकास र समृद्धिको गति बढाउने विश्वास व्यक्त गर्नुभयो ।

ADVERTISEMENT

उहाँले सरकारमा अशोक राई, उपेन्द्र यादवलगायत नेतृत्वका पार्टीहरु पनि सामेल हुने जानकारी दिनुभयो । उहाँले सुशासनका लागि डिजिटल नेपाल आवश्यक रहेको धारणा राख्नुभयो । आगामी एक वर्षभित्रै सञ्चारजगत्का लागि आवश्यक ऐन, नियमहरू निर्माण गरिसक्ने बताउँदै उहाँले अहिलेको सूचना, प्रविधिको विकाससँगै समयअनुकूल हुनेगरी नयाँ ऐन, कानुनहरू तर्जुमा गरिने उल्लेख गर्नुभयो ।

सञ्चारमन्त्री गुरुङलाई प्रेस चौतारी लमजुङका उपाध्यक्ष सुरज गुरुङलगायतले शाखाका तर्फबाट सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो कार्यक्रममा पत्रकार कृष्ण केसी, मीना गुरुङ, नवराज पहाडी, मिलन शर्मालगायतले सञ्चारमाध्यम र पत्रकारहरुको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

त्यसैगरी नेपाल कम्युष्टि पार्टी (एमाले ) लमजुङले पनि आजै बधाई तथा सम्मान कार्यक्रम आयोजना गरी सञ्चारमन्त्री गुरुङलाई सम्मान गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *