काठमाडौं । घ्यू खाँदा जति मीठो हुन्छ यो स्वास्थ्यका लागि पनि त्यतिकै गुणकारी रहेको हुन्छ । याद रहोस तर घ्यू शुद्ध हुनुपर्छ । घ्यूले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै तपाईंको तौललाई पनि नियन्त्रणमा राख्दछ । यदि तपाईंको आहारमा सही मात्रामा घ्यू समावेश गरिएको छ भने, यो तपाईंको स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ ।
शताब्दीयौंदेखि, हाम्रो भान्सामा घ्यूको प्रयोग खानालाई स्वादिष्ट बनाउन र शरीरलाई स्वस्थ राख्नका लागि प्रयोग गरिँदै आएको छ । यदि तपाईंको आहारमा सहीमात्रामा घ्यू समावेश गरिएको छ भने, यो तपाईंको स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार घ्यू खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ र तौल पनि नियन्त्रणमा रहन्छ । तर, जसरी कुनै पनि वस्तुको अत्याधिक सेवनले ज्यान लिन्छ, त्यसैगरी घ्यूलाई पनि आहारमा सीमित मात्रामा समावेश गर्नुपर्छ ।
घ्यूमा (कन्जुगेटेड लिनोइक एसिड) सिएलए हुन्छ, जुन एक प्रकारको फ्याटी एसिड हो र यसले बोसो घटाउन मद्दत गर्छ । एक अध्ययनले देखाएको छ कि सिएलएले शरीरको बोसो घटाउन र वजन बढ्नबाट रोक्न मद्दत गर्दछ । सिएलएले जमेको बोसो पग्लन र फ्याट कोशिकाहरूको आकारलाई पुनस्र्थापित गर्न मद्दत गर्दछ । यदि तपाईको शरीरमा छिट्टै बोसो जम्मा हुन थाल्छ भने घ्यू उपयोगी हुन सक्छ ।
तौल घटाउनुका साथै घ्यूले पाचन प्रणालीलाई पनि सुधार्न मद्दत गर्छ । घ्यूको सेवनले कब्जियत र एसिडिटी जस्ता समस्याबाट टाढा राख्छ । साथै, घ्यूसँग कुनै पनि खानेकुरा खाँदा त्यसमा रहेको पोषक तत्वको अवशोषण बढ्छ, जसले गर्दा शरीरलाई पर्याप्त पोषण मिल्छ ।
रगतमा हानिकारक कोलेस्ट्रोलको मात्रा बढी हुँदा मुटुसँग सम्बन्धित धेरै समस्याको सामना गर्नुपर्ने विश्वास गरिन्छ । भारतको नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेसनद्वारा प्रकाशित वैज्ञानिक अनुसन्धानका अनुसार घ्यूले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्छ ।
घ्यूको सेवनले भोक पनि कम गर्छ र लामो समयसम्म पेट भरिराख्छ । यसबाट तपाईंलाई बारम्बार भोक लाग्दैन र तपाईं धेरै खाने कुराबाट बच्न सक्नुहुन्छ । साथै घ्यूको सेवन गर्नाले लामो समयसम्म शरीर ताजा महसुस हुन्छ ।
कार्बोहाइड्रेटले शरीरमा रगतमा चिनीको मात्रा बढाउने वा घटाउन सक्छ । तर, घ्यू एक बोसो हो जसले शरीरलाई ऊर्जा प्रदान गर्छ । यस उर्जाका कारण भोक पनि कम हुन्छ र बोसोयुक्त खाना खाने इच्छा रहँदैन ।
तौल कम गर्ने सोचमा भएका धेरैले घ्यू खाँदैनन् तर यहाँ बुझ्नुपर्ने कुरा के छ भने घ्यूले मोटाइँदैन । वास्तवमा घ्यू विभिन्न गुणले भरिपूर्ण हुन्छ । घ्यूले खाना पचाउन, घाउ भर्न, एलर्जीलाई टाढा राख्न, हड्डीलाई बलियो बनाउन निकै सहयोग गर्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच