
जेरूसेलम । वेस्ट ब्याङ्कमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् । प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो ।
‘हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौँ र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौँ,’ हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ । अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उहाँले नजरबन्दको समयमा क्रूर यातना सामना गर्नुपरेको उनीहरुले बताएका छन् । इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच