काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालनका लागि कानून बनाइ चाँडो कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
शनिवार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेटेर महासंघले निजी क्षेत्रसँगको सहकार्यमा जग्गा तथा आवास विकास कार्यक्रम सञ्चालन गर्नेकुरा नीति तथा कार्यक्रममा पास भइसकेकाले कानून बनाएर चाँडो कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो ।
भेटबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले शहरी ऐन छिटो भन्दा छिटो पास गर्न माग गरेको बताउनु भयो । उहाँले काठमाडौं उपत्यका विकास प्राधिकरण ल्याण्डपुलिङको काम ग्रिरहेको उल्लेख गर्दै त्यसमा निजी क्षेत्रलाई समेत सहभागी गराउन आग्रह गरेको जानकारी दिनुभयो ।
टुक्रे आयोजना निष्क्रिय बनाएर ठूला आयोजनाका लागि निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउन पनि माग गरेको अध्यक्ष लोहनीले बताउनु भयो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts