काठमाडौं । ‘लाखौं क्यानमा छन् करोडौं पुरस्कार’ योजनाअन्तर्गत वनस्थली रानीवनका उपभोक्ता केशव संग्रौलाले कलंकी भाटभटेनी सुपरमार्केटबाट मोटरबाइक जित्नुभएको छ । सो अवसरमा सरस बेभरेजका मार्केटिङ मेनेजर अविरल पौड्याल, रिजनल सेल्स मेनेजर चिरञ्जीवी पौडेल र रेडबुल काठमाडौंका आधिकारिक वितरक ज्ञानेन्द्र पौडेलले मोटरसाइकल विजेतालाई सामूहिक रूपमा चाबी हस्तान्तरण गरेका थिए ।
उक्त क्याम्पेनमा उपभोक्ताले पुरस्कारमा नगद, मोबाइल फोन, टिभी, स्कुटर र कारसमेत जित्न सक्नेछन् । रेडबुल पर्सकार फुलअन्तर्गत रेड्बुल क्यानको पुलअप रिंग खोल्दा बजारमा धेरै पुरस्कार जित्ने सम्भावना रहेको छ ।
हरेक दिन, हरेक महिना पाँच हजारदेखि १० हजारको दाबी लिनेहरू बढ्नुका साथै अन्य साना पुरस्कारमा निःशुल्क रेड्बुल, दुई सय, पाँच सय र हजार जित्ने उपभोक्ता बढेकाले कम्पनीको हौसला बढेको बताइएको छ ।
एक वर्षअघि नवलपुरमा रेडबुल फ्याक्ट्री सञ्चालनमा ल्याएको खेतान समूहले विगतमा रेड्बुल क्यासफुल तथा रेड्बुल प्राइजफुल क्याम्पेन सफल रूपमा सञ्चालन गरिसकेको छ । सरस बेभरेजका महाप्रबन्धक निर्भिक प्रधानका अनुसार कम्पनीले नेपालमा आन्तरिक उत्पादकत्व बढाउनुका साथै अर्थतन्त्रमा प्रत्यक्ष योगदान गर्दै आएको छ ।






