
गायन क्षेत्रमा विसं. २०६९ सालदेखि गायन क्षेत्रमा होमिनुभएका हिमाल श्रेष्ठ पछिल्लो समय चर्चामा हुनुहुन्छ । उहाँका थुप्रै गीत श्रोता/दर्शकमाझ प्रिय छन् । उहाँको स्वरमा रहेका ‘कबाट कछुवा, तिमीलाई यति राम्रो कसले बनायो, जूनको साथी तारा, कति बस्छ्यौ माइतीकै कौसीमा, लाएको माया, रेशम हो रेशम, छोडेर नजाऊ, तिमी जाने’ जस्ता गीतलाई औधी मन पराइएको छ । सानैदेखि गायनमा रुचि भएका कारण सांगीतिक क्षेत्र रोजेको बताउने श्रेष्ठको पहिलो गीत ‘सम्झिइन् कि क्या हो सानीले’ रहेको थियो । पहिलो गीतले नै सांगीतिक क्षेत्रमा राम्रो सफलता हात पारेको थियो । त्यसपछि श्रेष्ठले राष्ट्रिय गीत, होली गीत, आधुनिकका साथै सबै खालका गीतमा स्वर दिनुभएको छ । उहाँले यो क्षेत्रमा थुप्रै मानसम्मान, पुरस्कार र अवार्ड आफ्नो पोल्टामा पार्न सफल हुनुभएको छ । बुबा निर्मलप्रसाद श्रेष्ठ र आमा रिवनकुमारी श्रेष्ठको कोखबाट प्युठानमा जन्मिनुभएका हिमाल काठमाडौंलाई कमर्थलो बनाएर आफ्ना क्रियशन श्रोता/दर्शकमाझ पस्किरहनुभएको छ । हाम्रा सिर्जनाले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ तर कति गीतलाई मनोरञ्जनका रूपमा मात्रै पनि लिनुपर्छ भन्ने धारणा राख्नुहुने गायक हिमाल श्रेष्ठसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
हाल केमा व्यस्त हुनुहुन्छ ?
नेपाली र हिन्दी गीत रेकर्डिङ र लाइभ शोका लागि तयारी गर्दै छु ।
नयाँ के आउँदै छ ?
अहिले नेपाली र हिन्दी २-३ वटा नयाँ प्रोजेक्टको तयारी गर्दै छु ।
गीत संगीत भनेको हरेक मान्छेको जीवनको अंग हो । संसारमा सायद यस्तो मान्छे छैन होला जसलाई कुनै न कुनै रूपमा गीत संगीत मन नपर्ने होस् । मानिसले सुख, दुःखमा यसलाई साथी बनाएको हुन्छ । गीत संगीतले सजिलै श्रोता÷दर्शकको मन र मस्तिष्कमा प्रभाव पनि पार्न सक्दछ । गीत संगीतले मानिसलाई जीवनमा ऊर्जाशील बनाउँछ र प्रेरणा दिन्छ । हाम्रा सिर्जनाले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ ।
यो क्षेत्रमा के कुराले तान्यो र लाग्नुभयो ?
सानैदेखि यस क्षेत्रको लगाव हो । गाउँदै जाँदा कहिल्यै नछोड्ने गरी जोडियो यो क्षेत्रसँग लगाव । धेरै मानिसहरूले मलाई यो क्षेत्रमा लाग्न प्रेरित पनि गर्नुभयो । मेरो गायनमा लगाव, समर्पण देखेर र आवाज सुनेर मलाई यो क्षेत्रमा लाग्न घरपरिवार, साथीसंगीले प्रेरित गर्नुभयो । मेरो आफ्नै रुचिको क्षेत्र भएकाले पनि यो क्षेत्रमा तानिएँ ।
यहाँको स्वरमा रहेका थुप्रै गीत श्रोता/दर्शकमाझ आएका छन् र लोकप्रिय पनि छन्, केहीको नाम लिनुपर्दा ?
आफ्ना सबै गीत उत्तिकै मनपर्छ । ‘जूनको साथी तारा, कति बस्छ्यौ माइतैकै कौसीमा, लाएको माया, रेशम हो रेशम, छोडेर नजाऊ, तिमी जाने, रेशम हो रेशम’ लगायत थुप्रै छन् ।
धेरै गाउनुभयो, चर्चा बटुल्न पनि सफल भएका छन्, कुन गीतले चिनायो जस्तो लाग्छ ?
हो यहाँले भने जस्तै धेरै गीत गाएँ । मेरा लागि ‘रेशम हो रेशम सबैमध्ये मेरो पहिलो चर्चित थियो । जुन बलिउड चलचित्रमा २०१४ मा इरफान खान (अभिनेता) का लागि ‘तलवार’का लागि थपिएको थियो । यस्तै माथि नाम लिएका अन्य गीतले पनि मलाई चिनाउँदै लगे भन्ने लाग्छ ।
वर्तमान गीत संगीतको अवस्थालाई कसरी लिनुहुन्छ ?
म त धेरै राम्रो नै देख्छु । अहिले प्रविधिले फड्को मारेको छ । नयाँ-नयाँ प्रयोगहरू गीत संगीतमा भएका छन् । हाम्रा सिर्जना प्रस्तुत गर्ने माध्यम धेरै पाएका छौँ । समयको माग र श्रोताको चाहनाअनुसार परिवर्तन हुँदै जानु सान्दर्भिक हुन्छ जस्तो लाग्छ ।
यो क्षेत्रमा लागेर के पाए के गुमाए जस्तो लाग्छ ?
मैले मेरा श्रोताहरू र मेरा शुभचिन्तकहरूबाट धेरै माया पाएको छु । त्यसैले मलाई लाग्दैन कि मैले केही गुमाएँ । गीत संगीतका लागि केही गुमाउनुपर्छ भने यसलाई सकारात्मक रूपमा लिनेछु ।
गीत संगीतमा के योगदान पुर्याए जस्तो लाग्छ ?
म निरन्तर यो क्षेत्रमा छु । आफ्ना क्रियशन पस्किरहेको छु । मैले गीत संगीतबाहेक अरू केही सोचेको छैन । मैले कति योगदान पुर्याएँ मैले भन्नुभन्दा पनि यहाँहरू र श्रोता/दर्शकले मूल्यांकन गर्ने कुरा हो जस्तो लाग्छ । जहाँसम्म मलाई थाहा छ मैले मेरा सबै सिर्जनामा धेरै मिहिनेत गरेको छु । नयाँ-नयाँ क्रियशनमा लागेको छु र समर्पित छु ।
यहाँले यो क्षेत्रमा लागेर थुप्रै मानसम्मान, पुरस्कार र अवार्ड प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ फर्केर हेर्दा ?
काम गर्दै जाँदा यहाँले भने जस्तै विभिन्न मानसम्मान, पुरस्कार र अवार्डहरू प्राप्त भएका छन् । राप्ती म्युजिक अवार्ड, जीवन्त म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, क्यापटिभेटिङ म्युजिक अवार्ड, नेसनल ब्राण्ड म्युजिक अवार्डलगायतका थुप्रै छन् । फर्केर हेर्दा खुसी नै लाग्छ । यस्ता मानसम्मान, पुरस्कार र अवार्डले हौसला बढाउने गरेको अनुभूति हुन्छ ।
गायक हुनलाई नभइनहुने कुरा के हो ?
अभ्यास, समर्पण, कडा परिश्रम, भावुक र अनुसन्धान (भोकल/रचना/गीत) ।
गीत संगीतले श्रोता/दर्शकलाई चाहिँ के दिन्छ भन्ने लाग्छ ?
गीत संगीत भनेको हरेक मान्छेको जीवनको अंग हो । संसारमा सायद यस्तो मान्छे छैन होला जसलाई कुनै न कुनै रूपमा गीत संगीत मन नपर्ने होस् । मानिसले सुख, दुःखमा यसलाई साथी बनाएको हुन्छ । गीत संगीतले सजिलै श्रोता/दर्शकको मन र मस्तिष्कमा प्रभाव पनि पार्न सक्दछ । गीत संगीतले मानिसलाई जीवनमा ऊर्जाशील बनाउँछ र प्रेरणा दिन्छ । हाम्रा सिर्जनाले समाजलाई सकारात्मक सन्देश दिनुपर्छ ।
तपाईंले भने जस्तै सबै गीतले समाजलाई सकारात्मक सन्देश दिन्छन् त ?
हेर्नुहोस्, हाम्रो समाज विविधतायुक्त छ । सबै कुरा सबैलाई मन पर्छ भन्ने पनि छैन । तपाईंलाई मनपर्ने कुरा मलाई मन नपर्न सक्छ र मलाई मन नपर्ने कुरा तपाईंलाई मन पर्न सक्छ । जोड केमा हुन जरुरी छ भने हाम्रा सिर्जना धेरैभन्दा धेरैले मन पराऊन् र यसले समाजमा सकारात्मक सन्देश प्रवाह गरोस् । फेरि हामीले अर्को कुरा के भुल्नुहुँदैन भने गीत संगीत मनोरञ्जनको साधन पनि हो । कति गीतलाई मनोरञ्जनका रूपमा मात्रै पनि लिनुपर्ने हुन्छ ।
यो क्षेत्रमा नआएको भए कहाँ हुनुहुन्थ्यो होला ?
म यसबारे कहिल्यै सोच्दिनँ ... किनकि मलाई लाग्छ कि म गीत संगीतका लागि मात्र जन्मेको हो । मैले यस क्षेत्रलाई निरन्तरता दिइराखेको छु । जति सकेँ त्यति मिहिनेत गरेर मैले सकेसम्म राम्रो गर्ने कोसिस गर्दै अघि बढेको छु । त्यसैले मेरा गीतहरूलाई आमजनताले रुचाउनुभएको हो जस्तो पनि लाग्छ । किनकि म संगीतका लागि नै जन्मेको हो जस्तो लाग्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच