काठमाडौं । ललितपुर महानगरपालिका–७ ग्वार्कोमा एक गेस्ट हाउसमा अचेतावस्थामा फेला पर्नुभएकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा उहाँ शुक्रबार बिहान अचेत अवस्थामा फेला पर्नुभएको थियो ।
गोदावरी नगरपालिका–८ डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दिप बिकको साथ लागेर उहाँ बिहीबार राति नौ बजे गेस्ट हाउसमा पुग्नुभएको थियो ।
प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ ।
ललितपुर प्रमुख एसपी नरेशराज सुवेदीका अनुसार बिहानको समयमा युवती बेहोस भएपछि उपचारका लागि बी एण्ड बी अस्पतालमा लगिए पनि उपचारकै क्रममा युवतीको मृत्यु भएको हो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको एसपी सुवेदीले बताउनु भयो ।


बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा