काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३२.०२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।
बिहीबार नेप्से बढेसँगै कारोबार रकम भने केही घटेको छ । बुधबारको तुलनामा २ अर्ब रुपैयाँ बराबरको कारोबार घटेको हो । हिजो बुधबार १६ अर्ब रुपैयाँको कारोबार हुँदा आज १४ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
नेप्से ३२ अंकले बढ्दा पनि विकास बैंक समूह, हाइड्रो समूह, लगानी समूह र अन्य समूह भने घटेको छ । आज सबैभन्दा बढी विकास बैंक समूह १७.९५ अंकले घटेर ५०४५.७९ विन्दुमा पुगेको छ । सबैभन्दा कम लगानी समूह ०.६८ अंकले घटेर ९२.१९ विन्दुमा पुगेको छ ।
समूहमा सबैभन्दा बढी लघुवित्त समूह बढेको छ । लघुवित्त समूह आज एकै दिन ३५६.२३ अंकले बढेर ५५७१.५४ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम म्युचुअल फण्ड ०.१४ अंकले बढेर २१.२३ विन्दुमा पुगेको छ ।
३२० कम्पनीको शेयर कारोबार हुँदा १४३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मूल्य बढेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज दोहोरो अंकले नेप्से बढ्दा ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर १ लाख ५९ हजार ७५७ पटक किनबेच भएको छ ।






