काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको फाइबर टु द होम इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । ग्राहकले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्तादेखि आवश्यकताअनुसारका सेवाका प्याकेज परिवर्तनसमेत गर्न सक्ने कम्पनीले जनाएको छ ।
सोही ग्राहक सेवा नम्बर १९८ मार्फत् आफ्ना टेलिभिजन सेवा (एनटिटिभी) का ग्राहकका लागि आवश्यकताअनुसार आलाकार्टा शुल्क प्रणालीबमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।
ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेज सब्सक्रिब्सनका साथै प्याकेज परिवर्तन पनि गर्न सक्ने कम्पनीका प्रवक्ता किशोरकुमार भट्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts