काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले निर्माण व्यवसायीको भुक्तानीलगायतका समस्या समाधान गर्न सरकार गम्भीर गृहकार्यमा रहेको बताउनुभएको छ । मंगलबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग शहरी विकास मन्त्रालयमा भेट गर्दै उहाँले सरोकारवालासँग छलफल गरी निर्माण उद्योगको समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभयो । निर्माण व्यवसायीका लागि काम गर्ने उपयुक्त वातावरण सरकारले तयार गर्ने उहाँको भनाइ थियो ।
शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले निर्माण उद्योग शिथिल हुँदा समग्र अर्थतन्त्रमा गम्भीर चाप परेको स्वीकार गर्नुभयो । महासंघ अध्यक्ष रवि सिंहले मन्त्री सिंहसमक्ष अव्यावहारिक ऐन नियम, भुक्तानी, सरकारी निकायबीचको समन्वय अभावलगायतका समस्याका कारण निर्माण उद्योग कठिन मोडमा पुगेको जानकारी गराउनुभययो ।
महासंघ प्रतिनिधिमण्डलले सोही दिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई भेटी निर्माण उद्योगमा देखिएको भुक्तानीलगायतका समस्याबारे जानकारी गराएको छ । जवाफमा मन्त्री खड्काले सरकार र निर्माण व्यवसायी हातेमालो गरी मुलुकको विकासमा जुट्नुपर्ने बताउनुभएको थियो । निर्माण उद्योगका समस्यालाई सरकारले गम्भीर रूपमा लिएको तर निर्माण व्यवसायीले समयमै गुणस्तरीय काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts